शनिबार, १६ नोभेम्बर २०२४

सर्वाेच्चबाट पनि मनाङे दाेषी ठहर, पाँच वर्षकाे कैद सदर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

गण्डकीका सांसद दीपक मनाङेलाई सर्वाेच्च अदालतले ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतकै फैसलालाई सदर गरिदिएकाे छ। 

सर्वाेच्चका न्यायाधीश डा. नहकुल सुवेदि र टेकप्रसाद ढुङ्गानाकाे संयुक्त इजलासले गरेकाे याे ठहरसँगै अब मनाङेले ५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ। 

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई साे मुद्दामा २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएकाे थियाे। त्याे फैसलाविरुद्ध मनाङे आफै सर्वाेच्चमा पुनरावेदनका लागि पुगेका थिए।  

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेपमा मनाङे र उनका समूहका केही सदस्यहरूमाथि ज्यान मार्ने उद्याेगमा मुद्दा परेकाे थियाे। 

२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?