बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
उनलाई सोमबार साँझदेखि ज्वरो आएकाे प्रधानमन्त्री ओलीको सचिवालयले जनाएकाे छ।
सचिवालयका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ।
उनी बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।