बिएल संवाददाता
काठमाडौं
वीर अस्पतालका कर्मचारीले तलब नाएपछि अस्पतालको आर्थिक प्रशासन र कर्मचारी प्रशासनमा तालाबन्दी गरेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले तालाबन्दी गरेका हुन्। उनीहरूले आठ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि तलाबन्दी गरेका थिए।
उक्त तालाबन्दी अहिले पनि निरन्तर रहेको छ। आफूहरूले पाउनु पर्ने तलब नपाएसम्म ताला नखोलिने एक कर्मचारीले बताए।
तालाबन्दीले मात्र आफूहरूको माग पूरा नभएमा सबै विभागका कर्मचारीहरूले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी पनि भइरहेको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बिएल नेपाली सेवालाई बताए।