बिएल संवाददाता
काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारको एकसय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ।
प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाएको बताइएको छ।