
बिएल संवाददाता
उर्लाबारी
उर्लाबारीका क्रियाशिल सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत भएका छन्।
उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको २७ औं बार्षिक साधारणसभाको अवसरमा उहाँ नगदसहित पुरस्कृत भएका हुन्। सिम्खडा उर्लाबारी टिभी सञ्चालन गर्दै आएका छन् । उर्लाबारी वडा नं।६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सञ्चारकर्मी सिम्खडालाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर पुरस्कृत गरे। सम्मानित सिम्खडाले पत्रकारिता क्षेत्रमा अझै समाजिक उत्तरदाहित्व बढेको बताए।