बिएल संवाददाता
काठमाडौं
उपचार लागि आएका सुर्खेतकाे गुर्भाकाेट नगरपालिका- ८ का २६ वर्षीय निश्चल बस्याल आर्थिक अभावमा वीर अस्पतालमा अलपत्र परेका छन्। दुइटै मृर्गाैलाबाट पीडित उनी आर्थिक अभावका कारण करिब एक महिनादेखि अलपत्र परेका हुन्।
मृर्गाैलामा समस्या भएपछि आमाले उनलाई जेठ ८ गते काठमाडाैँ ल्याएकी थिइन्। शारीरिक समस्यासमेत भएका उनलाई सुरुमा आमाले धुलिखेलस्थित अपाङ्ग अस्पतालमा लगेकी थिइन्। यद्यपि, त्यहाँ मृर्गाैलासम्बन्धी उपाचार हुँदैन थियाे।
धुलिखेलमा उपचार गर्न सम्भव नभएपछि वीर अस्पताल ल्याइएका निश्चल यहाँ आर्थिक अभावमा अलपत्र परेका हुन्। ‘छाेराे अशक्त छ, नि: शुल्क उपचार हुन्छ भनेर धुलिखेल लगेकाे थियाैँ तर त्यहाँ त किड्नीसम्बन्धी उपचार हुने रहेन्छ’, उपचारमा खटिएकी निश्चलकी आमा इन्द्र नेपालीले बिएल नेपाली सेवासँग भनिन्, ‘त्यसपछि वीर अस्पतालमा ल्याएकी हुँ।’
वीर अस्पतालमा उनकाे प्रारम्भिक उपचार भएकाे थियाे। त्यसपछि चिकित्सकहरुले अप्रेसन गर्नुपर्ने बताए थिए। तर, आर्थिक अभावमा निश्चलकी आमाले छाेराकाे अप्रेसनकाे तयारी गर्न सकिनन्। अप्रेसनका लागि पैसा नभएपछि उनी वीर अस्पतालकाे चिसाे कुनमा बस्न बाध्य भएका छन्। उनीहरुले उपचार लागि ऋण खाेजेर ल्याएकाे साढे २ लाख पैसा सुरुवाती चरणमा यताउता गर्दा नै सकिएकाे थियाे।
त्यसपछि केही समय ‘चन्दा’ संकलन गरेर उपचार खर्च जाेहाे गरेका थिए। उनीहरु उपचार खर्चका लागि रकम सहयाेग माग्न सडकदेखि कृष्ण कँडेलकाे ‘इन्द्रेणी’ कार्यक्रममा पुगेका थिए। तर, यहाँबाट उपचार लागि पर्याप्त पैसा संकलन नभएकाे आमाले गुनासाे गरिन्।
उनीहरुका काठमाडाैँमा काेही आफन्त छैनन। निश्चलका बुबा भारतमा मजदुरी गर्छन्। भने, उनका दुई भाइ सानै छन्। काठमाडाैँ आउँदा पनि घर धिताेमा राखेर पैसा लिएकाे उनीहरुले बताए। निश्चललाई विद्यालयमा पढ्दा पढ्दै स्वास फेर्न गाह्राे हुने र ढाड दुख्ने समस्या भएकाे थियाे। स्थानीय क्षेत्रमा सामान्य उपचार गर्दा पनि निकाे नभएपछि काठमाडाैँ आएकाे उनीहरुले बताए।
उपचारका लागि काठमाडाैँ आएका उनीहरु राेग भन्दा पनि ठुला-ठुला समस्याहरुकाे सामाना गर्न बाध्य छन्। ‘पैसा नभएर हामी यहाँ बसेका हाैँ। यहाँबाट पनि टिचिङ अस्पताल हाे कि कता हाे जाऊ भन्छन् डाक्टरहरुले’, आमाले भनिन्, ‘हाम्राे त अब अरु अस्पतालमा जाने शक्ति छैन।’
उनले काठमाडाैँमा आफ्नाे ठाउँका थुप्रै नेताहरु भएपनि उनीहरुले पनि अहिलेसम्म कुनै चासाे नदिएकाे दुखेकाे पाेखिन्। ‘काठमाडाैँमा त सबै नेताहरु बस्छन् भन्ने सुनेकी थिएँ तर हामीले भाेट दिएका नेताहरु पनि कहाँ छन्, हामीलाई त थाहा पनि छैन, समस्यामा परेका बेला त साथ दिए पनि हुन्थ्याे।’
निश्चलकी आमाले छाेराकाे उपचारका लागि आर्थिक सहयाेग गर्न सबैलाई बिन्ती गरिन्। र, दिइन सम्पर्क नम्बर ९७०४४२९४७३ (निश्चल बस्याल)