शनिबार, १६ नोभेम्बर २०२४

खाली पेटमा कफी पिउँदा के हुन्छ ?

file photo
• • •

बिहान कफी पिउनु धेरैलाई मनपर्छ। जाडो  मौसममा मान्छेहरु कफीको लभर नै हुन्छ। अहिले गर्मीमा खासै वस्तै हुँदैन, तर लत बसेको मान्छेले गर्मी होस या जाडो पिएकै हुन्छ।

चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ। विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको महशुष समेत हुन्छ। कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ। कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका नै छैन तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन सक्छ।

यसो गरेमा स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुन सक्छ। यसले पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्न सक्छ। कफीमा क्याफिन भएकाले जसले एसिडिटी बढाउँछ। साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भन्ने गरिन्छ। यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ।
खाली पेटमा कफी सेवन गर्दा अनेकौ समस्या देखिन सक्ने बताइन्छ।

कफी पिउने सही समय कहिले हो त ?
पोषणविद्का अनुसार बिहानको खाजापछि कफी पिउनु स्वास्थ्यका लागि हानिकारक हुँदैन र आवश्यक सबै फाइदाहरू प्रदान गर्छ।

साँझमा पिउनु कत्तिको ठिक ?

साँझको कफीले निद्रामा समस्या निम्त्याउँन सक्छ। बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ।
जसका कारण निद्रा भाग्छ। साँझपख कफी पिउने हो भने अनिद्राको समस्या हुन थाल्छ। (एजेन्सीकाे सहयाेगमा)
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?