शनिबार, १६ नोभेम्बर २०२४

मनसुनजन्य जोखिमको पूर्वतयारी गराैँ

News Image
• • •

हालुका वर्ष भएसँगै मनसुन सुरु भाइसकेको छ।

यसअघि केही दिनमा प्रचण्ड गर्मीका कारणले मानिसहरु उकुसमुकुस भइरहेको थियो। रातिको पानीले गर्दा केही उपत्यका ठाउँमा मनसुन गराएको छ। केही ठाँउमा मनसुन भएसँगै बाढी पहिरोले मानिसको ज्यानसमेत गइसकेको छ। बाढीका कारणले बस्तीमा बालीनाली असर भएको छ।

बाढीले पानीको मूहानलाई दूषित बनाइरहेको हुन्छ। त्यसका कारणले मानिसहरुमा बिभिन्न प्रकारका रोग लाग्ने फैलिने गर्छ, भने जोखिम पनि बढ्दै गइरहेको छ। विशेषगरी मानिसहरु लामखुट्टे र दूषित पानीमा ध्यान दिनुपर्छ। लामखुट्टेबाट डेंगुको संक्रमण बढ्ने धेरै सम्भवना हुन्छ।
डेंगु
यो समय भनेको लामखुट्टे बढ्ने समय हो। यसबाट विभिन्न रोग सार्छ। पछिल्लो समयमा पनि डेंगुको बिरामी देखिरहेका छन्। डेंगुलाई फैलाउने एक कारण लामखुट्टे हो। लामखुट्टेबाट बाँच्न घरको वरिपरि खल्डाखुल्डालाई पुरिदिनु पर्छ, साथै सरफाइमा ध्यान दिनुपर्छ।
हैजा
झाडापाखालको प्रमुख समस्या भनेको हैजा हो। हैजाको  कारणले मानिुसको मुत्यृ पनि हुन सक्छ।
बान्ता हुने वाकवाक लाग्ने पेट दुख्ने हातखुट्टा बाँउडिने यसका लक्षणहरु हुन्।
ज्वरो
पछिल्लो समयमा मनसुनको पानीले मानिसलाई कलिकति पनि चुट्यो भने ज्वरो आउने रुघाखोकी लाग्ने गरिन्छ। वर्षाको समयमा कीटजन्य, पानीजन्य र सरुवारोगमा ज्वरोको लक्षण देखिन्छ। तर, त्यो बाहेक कारण थाहा नै नभएको ज्वरोका बिरामी पनि गर्मी र वर्षातको समयमा बढी हुने गर्छन्।
सर्पदंश
यो समयमा सर्पको टोकाइको कारण बिरामी ह्वातै बढ्छ मनसुनको समयमा सर्पको निस्केनी लर्को हुन्छ।
कतिपयले गाउँघरमा घाँस काटुनेबेला स–साना सर्प थाहा नपाइ घाँससँगै काट्छन्। तर पहाडको धेरै जसो सर्प विषलु हुँदैन।
तराईका ठू–ठूला सर्पले टोक्दा मानिसको मष्तिकामा हृदायमा असर परेको हुन्छ, भने यसबाट मृत्यु पनि हुन्छ। सकेसम्म सर्पले टोक्नेबितिकै सर्पदंश स्वास्थ्य चौकीमा तुरुन्तै जादासकेमा मृत्यु हुन सकिदैन। 
झाडापखाला
झाडा–पखालाको मुख्य कारण दूषित पानी र खराब खानपान हो। दूषित पानीले विभिन्न संक्रमण फैलाउन सक्छ। वर्षाको समय ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुन सक्छ। जसले झाडापखालाको संक्रमण फैलाउने जोखिम रहन्छ। त्यहीकारण उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्रै पिउन स्वास्थ्यको। लागि राम्रो हुन्छ।

मनुसुन रोग लाग्नै नदिन के गर्ने ?
–उमालेको वा निर्मलीकरण गरेको पानी मात्रै पिउनुपर्छ।

–सरसफाइमा ध्यान दिनुपर्छ। साबुनपानीले हात पटक–पटक धुनुपर्छ।

–पोषणयुक्त खाना खानुपर्छ। झिँगा भन्किएको र बासी खानाबाट टाढा रहनुपर्छ।

–जंकफुड नखानु राम्रो हुन्छ। तरकारीहरू राम्रोसँग पकाएर मात्रै खानुपर्छ।

–लामखुट्टे फैलन नदिनका लागि घरवरपरका खाल्डाखुल्डी पुर्नु राम्रो हुन्छ। लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउन सकिन्छ। पूरा बाहुला भएका कपडा लगाउनु राम्रो हुन्छ।

–बाहिर निस्कँदा मास्क प्रयोग गर्न बिर्सनुहुँदैन।

–सर्पदंशबाट बच्नका लागि गर्मी तथा वर्षातको समयमा सावधानी अपनाउनुपर्छ।

–खेतबारीमा जाँदा गमबुटको प्रयोग गर्ने, तराईतिर सुत्दा झुल लगाउनेजस्ता सावधानी अपनाउनुपर्छ। 

–राति टर्च लिएर मात्र बाहिर निस्कने, कतै जानुपर्दा जुत्ता लगाउनु पर्छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?