बिएल संवाददाता
काठमाडौं
पछिल्लो समयमा पाठेघरको इन्फेक्सन आजकाल महिलामा धेरै देखिने गरेको छ। तर यो एक गम्भीर अवस्था हो । जसलाई समयमै उपचार गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। किनकि पाठेघरको कोशीकाहरू पनि नष्ट हुन्छन्।
पाठेघरको अस्तरमा सुन्निने, पाइल्स हुने, जसका कारण महिलाहरूलाई दुख्ने जस्ता समस्याहरू हुन्छन भने बाँझोपनको समस्या पनि हुन्छ। त्यसैले यसको समयमै उपचार र रोकथाम धेरै महत्त्वपूर्ण छ।
संक्रमणका कारण महिलाले सेतो पानी बग्ने, ज्वरो आउने र पाठेघर दुख्ने जस्ता समस्या भोग्नु पर्ने हुन्छ । महिलामा यस्ता समस्या देखिए तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।
पाठेघरमा संक्रमण हुने समस्यालाई पेल्भिक इन्फ्लेमेटरी डिजिज पीआईडी भनिन्छ। यो समस्या महिला प्रजनन प्रणालीमा संक्रमणको विकासको कारण देखिन्छ। धेरैजसो अवस्थामा, योनि वा पाठेघरबाट पाठेघर, फलोपियन ट्युब र अण्डाशयमा ब्याक्टेरियाको संक्रमण फैलिने कारणले पाठेघरको संक्रमण हुन्छ । यो संक्रमण एक भन्दा बढी प्रकारको ब्याक्टेरियाको कारणले हुन्छ।
कस्लाई पाठेघरको संक्रमण हुने सम्भावना बढी हुन्छ ?
–गर्भपात भएमा
–एक भन्दा बढी व्यक्ति संग यौन सम्बन्ध
–सानै उमेरमा यौन सम्पर्क
– आइपीलको प्रयोग गर्दा
–अत्यधिक चुरोटको सेवन गर्दा
– खानपिनको कमी भएमा
–सरसफाइमा कमी
पेट दुख्ने, धेरै सेतो र बाक्लो पानी बग्ने, ज्वरो आउने र धेरै चिसो महसुस हुने जस्ता संक्रमणका लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।