बिएल संवाददाता
काठमाडौं
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा निकै असर गर्छ। तनावले गर्दा मान्छेहरु मृत्युको मुखसम्म पनि पुगेको हुन्छ। तनावले हाम्रा दैनिक जीवनमा सधै असहजता आउन सक्छ।
हाम्रो जीवानमा धेरै तनाव आइरहेको हुन्छ। त्यसैले तनावलाई हामीले कसरी व्यस्थापनका गर्ने तनाव हुँदा के गर्ने? भन्ने विषयमा हामीले जनकारी प्रस्तुत गरेका छौँ।
कल्पना गर्नुहोस – धेरै तनाव भएको समयमा आफूलाई मन पर्ने वा जान मन लागेको ठाउँमा भएको कल्पना गर्न सकिन्छ। आफूलाई समुद्र तटमा बसेको, छाल र समुद्रको गन्ध सुन्दै बालुवाको अनुभव गर्न सकिन्छ। यस्तो खालको कल्पना कुनै रेकर्डिङ बजाएर या म्युजिक बजाएर पनि तनावलाई कम गर्ने सकिन्छ।
ध्यान गर्नुहोस् – ध्यानले अल्पकालीन तनावबाट दिगो तनाव व्यवस्थापनका फाइदाहरु ल्याउँछ। ध्यान गर्ने बानी बसाउन आफैंले एउटा कुनै मन्त्र भन्ने गर्न सकिन्छ। ढिलो र गहिरो श्वास लिँदै उक्त मन्त्र आफ्नो दिमागमा दोहोर्याउनु पर्छ। ध्यान गरिरहेको समयमा आफूले देखेको, सुनेको, स्पर्श, गन्ध र स्वाद लिएको महसुस गर्नु जरुरी हुन्छ।
प्रियजनलाई अँगालो हाल्नुहोस् – शारीरिक स्पर्शले तनाव कम गर्न धेरै काम गर्न सक्छ। प्रियजनलाई अँगालो हल्नु विशेष लाभदायक हुन सक्छ। जब तपाईंले कसैलाई अँगालो हाल्नुहुन्छ, ‘अक्सिटोसिन’ निस्कन्छ। अक्सिटोसिन उच्चस्तरको खुसी र तल्लो तहको तनावसँग सम्बन्धित छ। अक्सिटोसिनले रक्तचाप पनि घटाउँछ। यसले तनाव हर्मोन नोरेपिनेफ्राइनलाई कम गर्छ र आरामको भावना उत्पन्न गर्छ।
हिँड्नुहोस् – हिँड्दा दृश्यमा हुने परिवर्तनको कारण फ्रेस अनुभव गर्न सकिन्छ। तनाव कम गर्नको लागि एकछिन हिँड्नाले दिमाग र शरीरलाई आराम मिल्छ।
चित्र बनाउने या रङ भर्ने प्रयास गर्नुहोस् – यदि तपाईंलाई चित्र बनाउन मन पर्छ या रुचि छ भने चित्र बनाउनुहोस्। चित्रकलामा चासो छैन भने रंगीन पुस्तकमा रङ लगाउन पनि सक्नुहुन्छ। यसले तनाव कम गर्नको लागि सहयोग गर्छ।
योग अभ्यास गर्ने – योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ। योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ। योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ।