बिएल संवाददाता
काठमाडौं
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम भएकाे छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।
यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो। बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ थियो। शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९८० रुपैयाँ कायम भएको हो।