शनिबार, १६ नोभेम्बर २०२४

५८ अङ्कले घट्याे नेप्से, कारोबार ५ अर्ब माथि

File Photo
• • •

नेप्सेमा आज ५८ अङ्कको गिरावट आएको छ। मंगलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो।

आज ३०९ कम्पनीको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ। त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१  लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?