शनिबार, १६ नोभेम्बर २०२४

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

फाइल तस्बिर
• • •

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ। यूरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ।

त्यसैगरी, युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ।

यता बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?