सोमबार, २८ अप्रिल २०२५

एनपिएल: जनकपुरविरुद्ध विराटनगर १२७ रनमा अलआउट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेकाे विराटनगर १९ ओभरमा १२७ रन बनाएरू अलआउट भयाे।

विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ५५ रन प्रहार गरे। त्यस्तै अकिब इलियासले १५ रन प्रहार गरे। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

जनकपुरका लागि ललित राजवंशीले ३, किशाेर महताे र हर्ष ठाकरले समान २-२ तथा हर्ष ठाकरले १ विकेट लिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?