आइतबार, १७ नोभेम्बर २०२४

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौं घाइते

नका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ। प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानडा

ढाकामा आगलागी: ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ। बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

ढाकाकाे एक व्यापारिक भवनमा आगलागी, कम्तीमा ४३ जनाको मृत्यु

उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

एउटा बस्ती नै ‘घर ज्वाँइ बस्ने ठाउँ’काे नामले परिचित

परापूर्वकालमा घरमा ज्वाइँ राख्ने चलन थियो। विवाहपछि ज्वाइँ आफ्नो ससुराली अर्थात् श्रीमतीको घरमा बस्न आउने चलन छ। जमै भनेको ज्वाइँ हो र जो आएर ससुरा घरमा बस्न थाल्छ उसलाई ज्वाइँ भनिन्छ। बागपतमा पूरै एउटा क्षेत्र रहेको छ, जसलाई ‘जमाइपुरा’ अर्थात् ‘घर ज्वाइ बस्ने गाउँ’ भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रम, ७० जनाको मृत्यु

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

मध्य भारतमा विवाहपूर्वको समारोहबाट फर्किएकाहरू चढेकाे गाडी पल्टियाे, १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा बिहीबार गाडी अनियन्त्रित भई पल्टिँदा पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

अर्बौँ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन बच्चा

महिलालाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अर्बाैँ डलर खर्च गरेको भएपनि जन्मदर अघिल्लो वर्षको तुलनामा झन कम भएपछि थप चिन्ता ब्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालीलाई भिसा दिन अमेरिका उदार, जनवरीमा २,३६७ नेपालीले पाए पर्यटक भिसा

अमेरिकाले  यो वर्ष नेपालीलाई उदारतापूर्वक पर्यटक भिसा दिने संकेत देखाएको छ। वर्षको पहिलो महिना जनवरीमा मात्र दुईहजार तीनसय ६७ नेपालीले पर्यटक भिसा पाएका छन्। यो संख्या अहिलेसम्म नेपालीले एकै महिनामा  अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक

 इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

उत्तरपश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

प्राइमरी मतदान: बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गरेका छन्। मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

टर्किएको राजधानीमा आइएस विरुद्ध तीव्र कारबाही

टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अङ्कारा

आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुने अमेरिकी विश्वास

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजापट्टी

युएसएमएलई स्कोर रद्द प्रकरण: चिकित्सकले रोजे विकल्प, च्याप्टर लगभग बन्द

नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा स्कोर रदद् प्रकरण च्याप्टर लगभग बन्द भएको छ । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले तीन विकल्प रोज्न दिएको निर्धारित समयमा प्रभावित आठसय ३२ चिकित्सकले आआफ्नो सहुलियतको बिकल्प रोजेपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बुर्किनाको चर्चमा आक्रमणकारीहरूले गरे १५ उपासकको हत्या

‘फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ।’ उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - औगादुगु

बर्मेली सेनाको आतंकः ‘नवजात शिशु र गर्भवती महिला’सहित ३९ जनाको हत्या

शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ। मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मान्डले म्यान्मार

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा १३८% ले वृद्धि

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा १३८% ले वृद्धि भएको छ । यो वृद्धि चालु आर्थिक वर्षको पहिलो तीन महिनाको हो। यस अवधिमा दुईहजार आठसय ९६ नेपाली विद्यार्थी र तिनका एकसय ११ आश्रितले भिसा पाएको अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी