
बिएल संवाददाता
काठमाडौं
अरुण (सरकार)
करिब २ बजेको समयमा म अनामनगर जाने सोचमा पठाओ राइड बुक गरे अन्दाजी १९-२० वर्षका युवासँग राइडमा बसेपछि हाम्रो वार्तालाप सुरु भयो। युवाले फ्याट्ट प्रश्न तेर्स्याए ‘दाई हजुर हेर्दा कुनै कर्मचारी जस्तो लाग्यो, नराम्रो नमान्ने भए एउटा प्रश्न गरौ?’ मैले भनें ‘हुन्छ भाइ! म सरकारी कर्मचारी हैन, म एउटा नेपाली युवा हुँ र म प्रजातान्तान्त्रिक विचारधारामा आवद्ध छु।’
सायद मेरो यति परिचय भाइलाई पर्याप्त थियो। भाइले प्रश्न गर्दा अलि हच्चकच्चिएर गर्न खोजेको लागेर मैले उनलाई ठ्टयौलो पारामा भनें, ‘भाइ! डराउनु पर्दैन म कम्युनिष्ट विचारधाराको अनुयायी नभईकन प्रजातान्त्रिक विचारधारामा हिड्ने र देश र जनताको विकास प्रजातान्त्रिक विचारबाट हुन्छ भन्नेमा विश्वास गर्ने युवा हो। तपाईंको प्रश्न के छ मनमा के लागेको छ? भन्नुस् तपाईंको मनको प्रश्नको सकेसम्म समाधान गर्ने प्रयास म गर्ने छु।’
यति भनेपछि भाइले भने, ‘दाई यो शिक्षकहरूको आन्दोलन अहिले हुँदैछ यहाँ बानेश्वरमा यसबाट हामीले के सिक्ने? शिक्षक नै यहाँ पीडित छन के शिक्षकहरूले यसरी आन्दोलन गर्दा नेपाल सरकारका मन्त्री तथा नेताहरूलाई कुनै अप्ठयारो परेको छ त? प्रश्न गम्भीर थियो। मैले उनलाई भने भाइ तपाईंले उठाउनु भएको प्रश्न एक्दमै जायज र समय सान्दर्भिक छ। पहिलो कुरा त साँच्चै भन्नुपर्दा शिक्षकहरूले गरेको प्रदर्शन जायज होला न होला त्यो मैले भन्ने भन्दा पनि शिक्षक वर्गले आफैले विचार गर्ने कुरा हो। सायद यो आन्दोलन जायज नै होला तर यसले नेपाली समाजमा राम्रो संदेश भने पक्कै दिंदैन कारण यहाँ जुन प्रकारले प्रदर्शन गरिएको छ यसले त नेता र सरकारलाई अप्रत्यक्ष हानी पुगेको होला तर प्रत्यक्ष यहाँ हानी जनतालाई परेको छ।
उनहरूको समस्या समाधान गर्नु पर्छ यो सरकारले तर उधारो समझौता गरेर हैन वार्ता गरेर र काम गरेर निति नियम बनाएर त्यसको पुर्ण पालना गर्न लगाउनु पर्छ। अहिले बनेको सरकार साँच्चै भन्ने हो भने प्रतिपक्ष र पक्षको समिश्रणबाट बनेको सरकार हो ,यसमा दुई धारका विचारहरू मिश्रित भएर बनेको छ। भन्ने नै हो भने यो देश विकास गर्न र यहाँको समस्या समाधान गर्न साझा सरकार बनेर यसरी शाशन सत्ता चलाउनु पर्ने नै थियो यो देशमा । पक्कै पनि तपाईंले भनेको जस्तो यहाँ रोडमा प्रदर्शन गरेर सरकारले सुन्दैन ! किन कि सरकार धेरै बाठो छ आन्दोलन पनि यस्तो समयमा गर्न प्रोत्साहित गरेको छ कि जसको असर सरकारलाई हैन जनतालाई पुग्ने गरि गर्न लगाएको छ। यो शिक्षकको आन्दोलनमा नेपाली काग्रेस ,एमाले तथा माओवादी लगाएतका अन्य १३ पार्टीको समेत समप्थन रहेको संयुक्त शिक्षक आन्दोलन हो।
यसले कसरी आफ्नो पार्टीको नेतालाई हानि पुग्ने काम गर्न सक्छ त? नेताहरूलाई अपठ्यारो पर्ने कार्य गरेमा त सरकारले त्यहाँ उपस्थित हुने शिक्षकका नाममा राजनिति गर्ने भिजिलान्तेहरू कारवाहीमा परि हाल्छन नि ! यति भने पछि भाइले भने ! दाई के यो देशमा बस्न अब नेपाली नागरिकताको साथ साथै दलको कार्यकर्ता हुनै पर्ने हो त? मैले मेरो दाई दिदिहरूको हविगत देखि सके दाई म चाहि अब विदेश जाने विचारमा छु पछि मेरो घरपरिवार पनि उतै लाने सोच बनाएको छु , यो देशमा केहि हुन्न दाई ! मैले भने भाइ तपाईंको कुरामा म सहमत हुन सकिन तर समय परिस्थित र सरकारको रवैयाले लाग्छ कतै तपाईं सहि हुनुहुन्छ कि भन्ने ! तपाईंले जुन कुरा गर्नु भएको छ मलाई लाग्छ मेरो देशको भविष्य साँच्चै देशमा रहने अवस्थामा छैन ! देशको भविष्य गणतन्त्र आए पछिको दिन देखि विदेशीन थालेको छ। देशको भविष्य विदेशीनबाट जोगाउन हामीले नै केहि गर्नु पर्ने छ यो देशमा त्यसैले हामीले नया विचारको प्रतिपादन गरेका छौ राजनितिमा।
हाम्रो देशमा भएका पार्टीको विचार र सिद्धान्त अनुसार अब पार्टीका अग्रजहरूको retirement हैन replacement गर्नु पर्छ किनकि पार्टीहरूको सिद्धान्त गलत छैन ,यहाँ त पार्टीका प्रमुख पात्र गलत छन् र त्यहि पात्र परिवर्तनको खेल अब खेल्नु छ देशको भविष्य देशमा रोक्नु छ। एउटा सन्देश नेपाली राजनितिमा जनताले दिन खोजेका छन ! हामी पुरानो नेतासँग आजीत भयौ हामीलाई नविन सोचको नेता चाहिएको छ भनेर जसलाई नेपालको राजनितिमा आएको परिवर्तनको भुकम्प पनि भन्न सकिन्छ। अहिले राजनितिमा हामी नेताहरूको retirement को पर्खाईमा हैन अब replacement गर्नु पर्छ भनेर लागेका छौ। परिवर्तनको सुरुवात हामीले हाम्रो पार्टीबाट सुरु गरेका छौं।
हामी मिडिया बाजी , पव्लिक स्टण्टलाई भन्दा विचार र विकासलाई प्राथिमकता दिई रहेका छौ। त्यसैले नेपाल देशको भविष्य विदेशमा हैन स्वदेशमा छ भनेर अहिले यो सन्देश दिन हामी लागि परेका छौ। देशको माया कति छ र देश यदि बनाउने हो भने यो देश मै बसेर यहाँ भएका खराब र भ्रष्टहरूसँग लडेर हामीले नै बनाउने र परिवर्तन गर्ने हो भाइ। यो शव्द मैले भनेपछि भाइले भने दाई तपाईंले यदि भनेको कुरा भयो भने देशको भविष्य पक्कै पनि विदेश जादैन्न होला र स्वदेश मै रहन्छ। देशले प्रगति पनि गर्छ।
संवाद छोटो थियो तर भाइको शव्द साँच्चै घत लाग्ने र मनमा छुने थिए। देशमा परिवर्तन गर्न र देशको भविष्य विदेशिनेबाट जोगाउन No wait for retirement just replace them भन्ने शव्द अब पार्टीमा सुरु गर्नु पर्छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .