
बिएल संवाददाता
काठमाडौं
देशका धेरै निर्वाचनहरूमा गठबन्धनका नाममा कानुनमा छिद्र खोजेर महिला अधिकार कुन्ठित गरिएको छ । अर्कोतिर प्रायः सबै दलले महिलालाई प्रमुखतामा राखेको पाइदैन । कानुनलाई समेत चक्मा दिँदै विधिवत् गरिएका राजनैतिक खेलले पटक पटक आधा बढी जनसंख्या ओगटेका महिलालाई सहभागितामा पछाडी पार्दै ल्याएका छन ।
सहरमा मात्र नभएर दुर्गमका स्थानीय तहहरूमा समेत महिलाको सहभागिता न्यून रहेको तथ्याङ्क छ । आफैले बनाएको विधिलाई विधिवत् कुल्चेका दलहरूले गरेको हर्कत विरुद्ध राजनीति गर्ने महिलाहरूले माउपार्टीका कारण आवाज उठाउन नसकेको अबस्था देखिन्छ ।
योगदान र त्यागको कदर नगरी जनमतको दम्भ पालेर गरिने शासनले समाज परिवर्तनमा गतिलो भूमिका नखेलेको इतिहास साक्षी छ । घर छेउँमा सबैले देख्न, भेट्न र छुन सक्ने भनिएको सरकारमा महिलाको गतिलो प्रतिनिधित्व नहुँदा सामाजिक समस्याहरू फेरि पनि ओझेल परेको अबस्था हामीले छर्लग देखिरहेका छौ ।
नारा, भाषण र घोषणा पत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्क छैनन् जस्तो गरेर सुरु गरिएको निर्वाचनको प्रकृया विधिमा अडिएको भए पनि व्यवहार संगत छैन । आफैले बनाएको कानुनको छातीमा लात टेकेर आम महिलाको अपमान गरी वा र जस्ता शब्दले पछाडि धकेलि महिलाको हक र अधिकारलाइ कुचेल्दै हरेक क्षेत्रमा पुरुषकै हाली मुहाली रहेको देखिन्छ ।
संविधानले महिलाहरूका लागि समानताको हक सुनिश्चित गरे पनि त्यहाँ पुग्न धेरै काम गर्नु पर्नेछ भन्ने अहिलेको स्थितिले देखाउँछ । उदाहरणका लागि संविधानमा समानुपातिक समावेशी सहभागिताको प्रत्याभूति हुँदाहुँदै पनि दोस्रो स्थानीय तहको निर्वाचनमा ७ सय ५३ स्थानीय तह मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो सङ्ख्या भनेको कुल निर्वाचित सङ्ख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसैगरी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ २ सय २५ जना महिला निर्वाचनमा आएपनि ९ जना महिला मात्रै निर्वाचित भए ।
देशका सबै प्रदेशमा प्रदेश प्रमुख पुरूष छन् भने राष्ट्र सञ्चालनका प्रमुख पद प्रधानमन्त्रीको जिम्मेवारीमा पनि सधैं पुरूषले नै स्थान लिएका छन्। राष्ट्रपति, उप-राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुरूष-महिलाको वैकल्पिक सिट र संसदको दुवै सदन, मेयर र उपमेयर जहाँ दुई मध्ये एक महिला हुनुपर्छ भन्ने व्यवस्थालाई समेत ‘गठबन्धन’ को प्रकृयाबाट र ‘वा’ जस्ता शब्दावलीको प्रयोगले महिलाको राजनीतिक सहभागितालाई पाखा लगाउने काम भएको छ।
समाजमा हरेक तहमा रहेको संरचनागत असमानताका कारण महिलाहरूको श्रोत र साधन माथिको पहुँच र नियन्त्रण हुन सकेको छैन । महिलाले गर्ने घरेलु तथा सेवामूलक कामलाई कर्तव्यको दायरामा बाँध्दै उत्पादनका साधनहरूमा पहुँच सिमित गरिएको छ । महिलाले हरेक क्षेत्रमा गर्ने श्रमलाई अवमूल्यन गर्दै महिलाको पहिचान दोस्रो दर्जामा सिमित गराइएको छ ।
महिलाले गरेका कार्यले देशको कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको भएपनि सो बमोेजिम गणना गरिएको छैन । अहिलेको अवस्थामा पनि हरेक दिन महिला कुटपीट र बलत्कारको सिकार हुनु परेको एथार्थ हाम्रो सामु रहेको छ । हरेक परिपाटि तथा हरेक क्षेत्रबाट महिलालाइ दोस्रो दर्जाको रुपमा स्थापीत गरीरहेको छ । यसरी हेर्दा महिलाले प्रमुखको भुमिका निर्बाह गर्नै सक्दैनन । यि जहिले पनि दोस्रो दर्जाको हुन, दोस्रो दर्जामा नै स्थापीत गर्नु पर्छ भन्ने मानसिकता हाम्रो समाजको रहिरेको देखिन्छ ।
यो अवस्थालाइ मध्यनजर गरी आत्म स्वाभिमान, आत्म सम्मान सहितको बिकाशलाई कसरी अगाडी लैजाने अनि राज्यको हरेक तहमा महिलालाई निर्णायक र अर्थपुर्ण भुमिकामा ल्याउने उदेश्यका साथ राज्यका हरेक तहमा निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरीएको हो ।
महिलावादी मञ्च गठन गरि पुर्ब मेचि र पश्चिम महाकालीबाट सुरु गरेर हरेक जिल्ला जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै बिभिन्न स्थानिय तहका वडा सम्म पनि यो अभियान आमुल परिवर्तन गर्दै महिलाको नेतृत्व बढाउन अगाडी बढाईएको हो । राज्यका सबै तहमा महिलाको समतामुलक र प्रतिनिधि सहभागिता अनिबार्य बनाउने र आउदो निर्वाचनमा महिलालाई अर्थपुर्ण नेतृत्वमा ल्यानु अनुपम यात्राको अन्तिम लक्ष हो ।
यो अभियान २०८० देखि सुरु गरी २०८४ साल सम्म सन्चालन गरीने छ । खास गरी अभियानले न्यायिक समतामुलक समाजको निर्माण गर्न टेवा पुराउने छ । जहाँ महिलाको अर्थ पुर्ण सहभगिता रहनेछ । अभियानका परिकल्पनाकार नागरिक आवाज ललितपुरका सस्थापक रिता थापाको लगायतका महिलावादी अभियानकर्मीले नेतृत्व लिएर सुरु गरिएको अनुपम अभियान यतिबेला देशव्यापी संचालन रुपमा संचालन भईरहेको छ ।
अन्तर-पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले पनि विभिन समय र स्थानमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ। यसै बिच सनिबार स्थानिय अन्य संघ सस्थाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ दाङको लमही हुदै काठमाण्डौ सम्म पुगेको छ।
द्धन्द्धपीडित तथा एकल महिला विकास केन्द्रले कञ्चनपुरको महकालीबाट सुरु गरेको यात्रालाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले लमहीमा स्वागत गर्दै एक औपचारीक कार्यक्रम गरिएको थियो । दुई सस्थाको सहकार्यमा लमही हुदै बुद्ध जन्मभुमी लुम्बीनीमा ¥याली गरि रुपन्देहीको भैरहवामा नमुना एकिकृत विकास परिषदको स्वागत पछि आईतवार बिहान चितवनको गैडाकोटबाट निस्केको ¥याली नारायणघाटको भाटभटेनी चोकमा एक औपचारीक कार्यक्रममा परिणत भएको थियो ।
आईतवार नै चितबनबाट काठमाण्डौ निस्केको अनुपम यात्रा चन्द्रागिरीको थानकोटमा एक औपचारीक कार्यक्रमका गर्दै ललितपुर स्थित नागरिक आवाजको कार्यालयमा पुगि औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको थियो । ‘महिला नै पहिला’ भन्ने मुल उद्येश्यले सुरु गरिएको अभियान अन्र्तगत देशै भर सयौ अनुपम यात्रा गरिएका छन भने अभियानहरू २०८४ सम्म निरन्तर चलिरहने छन् ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .