बिएल संवाददाता
काठमाडाैँ
गत जनवरी ६ शनिबार आयोजना गरिएको सज्जन राज बैद्यको बेजोड प्रस्तुतिले इतिहास रहेको छ। उक्त कार्यक्रममा अमेरिकामा पुगेका नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरंजन गर्न हौशला प्रदान गरेकाे हाे।
उनले सबैलाई आफू नेपालको लागि राजदुत डेढ बर्ष देखि रहेको भन्दै परिचय दिए पछि खचाखच दर्शकहरुको भिडले हर्षले चिच्याएका थिए। उनलाई भिडले पनि भब्य स्वागत समेत गरेका थिए।
अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको फिल्मोर सिल्भर स्प्रिंग युवा चर्चित गायक सज्जन राज बैद्यको एकल प्रस्तुतिले ईतिहास रचेको छ। करिव ३ घण्टा सम्म एकल रुपमा आफ्ना कालजयी गीत प्रस्तुत गरेका थिए। उनले गीत गाउँदा सबै गीतमा दर्शकले साथ दिएका थिए। उनले २२ वटा गीत गएका थिए भने १७०० भन्दा ज्यादा दर्शकहरुले कार्यक्रम हेरेका थिए।
अधिकांश दर्शकहरु युवावर्गको उपस्थिति रहेको थियो भने उनीहरुलाई वैद्यको सबै गीत कण्ठ झैँ गरि स्वरमा स्वर मिलाएका थिए। अत्यधिक रुपमा खचाखच भिड रहेको उक्त सांगीतिक कार्यक्रमले अहिले सम्मका सबै कृतिमानलाई तोडेको छ।
त्यहाँ उभिएर मात्र हेर्नु पर्ने र झुम्दै नाच्दै दर्शकहरुले भरपुर अत्यधिक मनोरंजन गरे। उनको प्रस्तुति अगाडी कुनै भाषण र खादा लगाउने कार्यक्रम नरहेको र कुनै पनि अन्य कार्यक्रमहरु राखिएको थिएन। वैद्यले कम्तिमा पनि एक दर्जन गीत प्रस्तुत गरेका थिए। उनले दर्शकदिर्घामा पनि आफ्नो माइक अर्थात् ध्वनि -विस्तारक यन्त्र दिदै दर्शकहरुले कण्ठ परेका गीत समेत सुन्दै उनले पनि मनोरंजन गरेका थिए।
त्यहाँ पुगेका दर्शकहरु धेरै बिद्यार्थीहरु रहेका थिए भने अहिले सम्म कै सर्वाधिक टिकट महँगोलाई बेवास्ता गर्दै सजिलैसंग टिकट खरिद गरेका थिए। टिकट मुल्य १०३ तथा १४५ डलर राखिएको थियो भने डिसी क्षेत्रमा बिहानै देखि बिशाल वर्षा चिसोको अतिरिक्त आफ्ना प्रिय र मन परेका गायकका गीत सुन्न केहीलाई सम्झौता नगरी कार्यक्रम हेर्न पुगेका थिए।
डिसी महानगर क्षेत्रमा सर्वाधिक दर्शक र सर्वाधिक भिड रहेको यो कार्यक्रम स्थल त्यतिनै उत्कृष्ठ रहेको थियो जहाँ अमेरिकी व्यवसायिक कलाकारहरुले उक्त स्थलमा प्रस्तुति दिई सकेका छन्। सबै दर्शकहरु हर्षित मुद्रामा देखिन्थे भने हसिलो अनुहार जताततै देखिन्थे।
अत्यधिक दर्शकहरुले तस्बिर खिच्ने र अधिकांशले स्वयमको तस्बिर खिचाउनुको साथै टिकटक र रिलको लागि समेत छोटो श्रब्य दृश्य समेत लिएका थिए।
गायक सज्जन राज बैद्यको उक्त एकल कार्यक्रमको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्ट हुन्।
गायक वैद्यको यो अमेरिकामा प्रथम प्रस्तुति हो भने अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका बिभिन्न राज्यहरुमा हुने भ्रमणमा ल्याएको हो।
डिसी क्षेत्रको सिल्भर स्प्रिंगमा हुने उक्त कार्यक्रमको मुख्य शीर्षक(टाईटल)का मुख्य प्रायोजक रियल्टर बिशाल कार्की हुन्। अहिले सम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये कै सज्जन राज वैद्यको कार्यक्रम उच्च राशीको हो।
सिल्भर स्प्रिंग मेरिल्याण्ड स्थित फिलमोर सिल्भर स्प्रिंगको कार्यक्रमस्थलको क्षमता २,००० रहेको थियो।