शनिबार, १६ नोभेम्बर २०२४

तीज गीत ‘छोरी भ’र जन्मनु’ सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली समुदायमा एक ‘कालो परम्परा’ अझै गाडिएको छ,- छोरा नजन्मेसम्म बच्चा जन्माइरहने। सातवटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्नेहरू अझै पनी छन्। कुल र वशं धान्न पनि छोरा चाहिने एक रुढीवादी परम्परा अझै गडेको छ।

सातवटी छोरीमध्ये स्यानी कान्छी छोरीको विवाह एक जड्या केटासँग हुन्छ। ती स्यानी कान्छीको कर्मले पोइ मात्र हाेइन सासू पनि निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन्। शुक्रबार बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तिज गीत ‘छोरी भ'र जन्मनु’मा उक्त कथासहितको भिडियो समावेश छ।

गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन्। पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्तिश्री परियारले आवाज भरेको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन्।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन्। सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन। पछिल्लो समयका अतिव्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका छन्।

‘छोरी भएर जन्मनु कुन जुनीको पाप हो?’ भन्दै सुरु हुने कथा छोरी र बुहारीबीच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देशमूलक कथा भिडियाेमा समावेश गरिएको छ। भाग दुई बनाउने लक्ष्यसहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पीडा सुनाउँदै गरेकी बुहारी एक्कासी बेहोस हुँदै ढल्छिन्।

सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टीन्युमा लगेर कथा तथा भिडियोको समापन गरेका छन्।

भिडियो:

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?