सोमबार, ३० जुन २०२५

एमालेसँग सत्ता साझेदारीका वर्ष दिन : काँग्रेसको केन्द्रीय समिति बैठकमा समीक्षा हुँदै

करिब नौ महिनापछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सामान्यतया विधानअनुसार हरेक दुई-दुई महिनामा बस्नुपर्ने यो बैठक यसपालि नौ महिनापछि बस्न लागेको हो। नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि यो दोस्रो पूर्ण केन्द्रीय समिति बैठक हो।  बैठकअघि आइतबार सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ।

- काठमाडाैं

केन्द्रीय समितिका लागि काँग्रेस पदाधिकारीले टुङ्ग्याए छलफलका यी विषयहरू

प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ।  पार्टी कार्यालय सानेपामा बैठक दिउँसो एक बजेदेखि सुरु हुनेछ।

- काठमाडौं

निजामति सेवा विधेयक पारित, शिक्षा ऐन संसदमै पुगेन

आइतबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेर उक्त विधेयक बहुमतले पारित भएकाे घाेषणा गरेका हुन्।  आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  भने उक्त विधेयक च्यातेका थिए। संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन्।

- काठमाडौं

रास्वपाले संसद्को आकस्मिक समयको दुरुपयोग गर्‍याे– श्याम घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरुलाई बोल्नबाट पनि बञ्चित गरिनुपर्ने माग गरेका हुन्। उनले भने, ‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं। संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौं। सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुनसकेको छैन।’ घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे। त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए। उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।

- काठमाडाैं

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ। मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए।

- तनहुँ

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।

- काठमाडाैं

तस्बिरः एन्फा
महिला फुटबलमा कप्तान साम्बाको जादु, लाओसको पोस्टमा नेपालको ९ गोल

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।

बिएल संवाददाता - काठमाडौं
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्।  प्रहरी सहायक हवल्दार पदमा रहेका उनले राजीनमा दिएका हुन्।

बिएल संवाददाता - काठमाडाैं
यू-१६ ‘इस्ट कप’- सिंगापुरविरुद्ध नेपालको सानदार जित

एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो।

बिएल संवाददाता - काठमाडौं
नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदैं

नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो।

बिएल संवाददाता - काठमाडाैं
एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाइ

उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’

बिएल संवाददाता - काठमाडाैं
नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो।

बिएल संवाददाता - काठमाडाैं