
अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

बिएल संवाददाता - रौतहट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - रौतहट
प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ। शुक्रबार सिंहदरबारमा जारी बैठकमा एमालेका अध्यक्ष समेत रहेका ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू छन्।
बिएल संवाददाता - काठमाडाैं
‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो’, उनले भने।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रालयले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ।
बिएल संवाददाता - काठमाडाैं
सांसदलाई नसुन्ने सरकारले जनताको आवाज नसुनेकाे बताउँदै उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन्। कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् ? हाम्रो अडान जारी रहने छ।’
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटाएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको जानकारी गराएको हो। राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो।
बिएल संवाददाता - काठमाडाैं
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायम राख्दै बैठकबाट बाहिर निस्किएका छन्। शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुद बैठक अगाडि बढाएपछि उनीहरू बाहिर निस्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरू आआफ्नो ठाउँबाट उठेर बैठक अवराेध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो।
बिएल संवाददाता - काठमाडाैं
यद्यपि इजरायललाई अमेरिकाले अप्रत्यक्षरुपमा इरानमाथि आक्रमणमा सघाइ पनि रहेको छ। त्यसमा अमेरिकी स्वार्थ पनि मिलेको छ। जहाँ इजरायलय र अमेरिका दुबै इरानका आणविक परियोजनाहरू ध्वस्त पार्न चाहन्छन्। सुरुदेखि नै इजरायलले इरानका आणविक भट्टी तथा प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दै आएको छ। त्यत्तिकै जवाफ इरानले पनि इजरायललाई दिँदै आएको छ। बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा रहेको भूमिक आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पार्नका लागि अमेरिकामात्रै रहेको एउटा शक्तिशाली बम हान्नेबारे आफ्ना सुरक्षा रणनीतिकारहरूसँग सल्लाह गरेका थिए। तर त्यहाँ मत विभाजित भएपछि अहिले नै इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउसले निर्णय लिन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए।
बिएल संवाददाता - नवलपरासी
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
लगभग सबै कलाकारहरूले आफ्नो करियरमा धेरै फिल्म अफरहरू अस्वीकार गरेका छन्। कलाकारहरूले छाडेका कुनै फिल्म नराम्राेसँग फ्लप भएकाे छ भने कुनै फिल्महरूले भने राम्राे कमाइ गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ। राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायण सिंहले उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नै छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता गराएका थिए।
बिएल संवाददाता - काठमाडौं
थाइल्यान्डकी प्रधानमन्त्री पेइतोङतार्न शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको गोप्य फोनसंवाद बाहिरिएपछि गठबन्धन सरकार संकटमा परेको छ। ३८ वर्षीया चर्चित प्रधानमन्त्रीको छिमेकी देशका पूर्वप्रधानमन्त्रीसँग सीमा विवादसम्बन्धी विषयमा भएको १७ मिनेटको फोनसंवाद लिक भएपछि सत्ता नै संकटमा परेको हो।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाइ बनेको छ। लेटाङ नगरपालिका-९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।
बिएल संवाददाता - लेटाङ, मोरङ
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव एवं सांसद मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ। दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बिएल संवाददाता - दाङ
१ .
२ .
३ .
४ .
५ .