सोमबार, ०४ अगस्ट २०२५

सडक विस्तारको विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० घाइते

सर्लाहीमा सडक बिस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन भने प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ। आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार एक जना महिला बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँलेले हटाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

चितवनमा बस र ईभी गाडी जुध्दा गर्भवतीसहित ७ जनाको मृत्यु, १८ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा यात्रुवाहक बस र ईभी गाडी एकआसपमा जुध्दा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको विद्युतीय गाडि एकआपसमा ठोक्किएका चितवन प्रहरी प्रमुख गोविन्द पुरीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘बाटो मोडेर गयौ’ले मोड्यो अर्जुन पोखरेलको संगीत यात्रा

एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले। ‘बुवाआमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्‌,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत लोकगायनमा आफ्नो उपस्थिति जनाए। संघर्षपूर्ण यात्रा उनको प्रारम्भिक संघर्ष सजिलो थिएन। ‘त्यो बेला फिल्मका हिरो, हिरोइन, निर्माता भेट्नु अति कठिन थियो,’ उनले भने,‘हामीसँग प्रतिभा थियो, तर अवसर थिएन।’ उनी भन्छन्, ‘आजको जस्तो डिजिटल सजिलो नभएकाले आफूजस्ता संगीतकर्मीले कति संघर्ष गर्नुपर्याे भन्ने कुरामा समाज अझै बेखबर छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेस्तोल र खुकुरीसहित एक भारतीय पक्राउ

झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जयप्रकाश कुमार पाठक हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टेक एण्ड पे’ फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक ‘एसएमएस’

सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ‘टेक एण्डे पे’ प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत शनिबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं ऊर्जा उद्यमीले टेक एण्ड पे फिर्ता लिन एसएमएस गरेका हुन्। टेक एण्ड पे पीपीएको व्यवस्था ऊर्जामा निजी क्षेत्रको लगानी बन्द गर्ने

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल सक्रिय भएपछि रास्वपाले गर्‍यो जिम्मेवारी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक महामन्त्री रहेका कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको प्रवक्ता झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्नः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन्। शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा बोल्दै उनले रास्वपाको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीहरू अनुशासनको समस्याले सबैभन्दा पीडित छन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरू पीडित रहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित ११औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानबाट नेपाली ल्याउन भारतले सहयोग गर्ने

इरानबाट फर्किन चाहने नेपाली नागरिकलाई भारत सरकारले उद्धारका लागि सहयोग गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले यसबारे जानकारी दिँदै छिमेकी राष्ट्रका नागरिकलाई उद्धारका लागि सहयोग गर्ने जनाएको हो।  दूतावासले नेपालसँगै श्रीलङ्काका नागरिकको पनि उद्धार गर्ने जनाएको छ।  ‘नेपाल तथा श्रीलङ्काको सरकारको अनुरोधअनुसार इरानमा फसेका नेपाली तथा श्रीलङ्काका नागरिकलाई यहाँबाट निकाल्नका लागि भारतले सहयोग गर्नेछ’ दूतावासले एउटा सूचनामा भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको भावुक सन्देश ‘जेलभित्रै मारिएछु भने पनि…’

‘प्रतिवेदनले कम्पनी कानूनअनुसार भन्दा–भन्दै सरकारले मलाई कतै आकर्षित नहुने सहकारी ऐनको दफा प्रयोग गर्नु र झुटा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह र प्रतिशोध नभएर के हो त’ उनले भनेका छन् ‘म मारिएछु भने पनि जनताले यिनीहरुका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन। यत्ति भनिसकेपछि अब मैले झन् यस बापत कत्रो मूल्य चुकाउनुपर्ने होला, त्यसको हिसाब पनि छैन र मलाई परवाह पनि छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको एकमात्रै ‘फोन कल’ले रोकिनसक्छ इजरायल-इरान युद्ध?

‘इरान सधै कुटनीतिक संवादमा विश्वास गर्दछ’ फरहानीले भनेका छन् ‘त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष त्यो महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा त यो बेला ट्रम्पले इजरायललाई युद्ध रोक्न एक आदेश दिएमात्रै पनि फेरि नयाँ सुरुवात गर्न सकिन्छ। त्यसका लागि ट्रम्पको एक फोन कल मात्रै पनि काफी हुन्छ।’  तर इजरायलसँग अहिले नै सिधा वार्ताको प्रस्तावलाई भने इरानले अस्वीकार गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नागार्जुनका मेयर भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेको हो। उनलाई घुस दिने पद्मा कोलोनीका मालिक राजु कँडेल पनि दोषी ठहर भएका छन्।  उनीहरूलाई सजाय तोक्नका लागि आगामी असार १६ गते अर्को पेशी तोकिएको छ। बस्नेतकी श्रीमतीलाई भने विशेष अदालतले सफाइ दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्रीले भने– विकासले फड्को मारिसक्याे

उनले भने, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीनवटा कुवामध्ये एउटा कुवाबाट ग्यास पैदा भएको छ। त्यसको उत्खनन् सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ। यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ। ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ। कृषिको आधुनिकीकरण गर्नेछौँ। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ। कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ‘ओभरपास’काे उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा फ्लाइओभरको उद्घाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन तस्करीमा फरार रहेकी अमला टाेखाबाट पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेकाे हाे। उनी सुन तस्‍करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ओली, देउवा र प्रचण्डको बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ।  शुक्रबार सिंहदरबारमा जारी बैठकमा एमालेका अध्यक्ष समेत रहेका ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपासँग कुनै सम्झौता हुँदैन– महेश बर्ताैला

‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं