
बिएल संवाददाता
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत साउन १५ गते ग्राण्डी अस्पतालमा भर्ना भएका देवकोटा स्वास्थ्य लाभपछि आइतबार डिस्चार्ज भएका हुन्।
बागमती प्रदेश सरकारमा कांग्रेसको आन्तरिक किचलोले मन्त्री हेरफेर भएको भोलिपल्ट सपथ ग्रहणको दिन अचानक बिरामी परेका देवकोटा आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने तय भएकै दिन डिस्चार्ज भएका हुन्।
प्रदेश प्रमुख बिरामी भएर अस्पताल भर्ना भएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीको सपथ नै रोकिएको थियो।
आजै मात्र मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया