सोमबार, ०४ अगस्ट २०२५

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘म निर्दोष प्रमाणित’, किराती भन्छन् ‘भ्रष्टाचारीलाई यही जुनीमा सजाय हुनुपर्छ’

केही दिनअघि अख्तियारले उनीसँग पनि त्यसबारे बयान लिएको थियो। सोमबार सामाजिक सञ्जालमा यसबारे लेख्दै उनले आफूलाई बदनाम गर्न खोज्नेहरूदेखि ‘दया’ लागेको पनि बताएका छन्।  आइतबार मात्रै पशुपतिस्थित विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। त्यसमा तत्कालीन मन्त्री किरातीको पनि संलग्नता भएको भनिएको थियो।  ‘पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ’ किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले बन्द गर्‍यो ‘तेलको बाटो’

अरब र ओमन खाडीबीचको रणनीतिक रुपमा महत्वपुर्ण तेलमार्ग हो होर्मुजसमुन्द्री मार्ग क्षेत्र। जो विश्वको तेलमार्गको सेतुका रुपमा चिनिन्छ। करिव ४० किमी लामो होर्मुजसमुन्द्री तेल मार्ग तरल प्राकृतिक ग्यास ओसारपसार गर्ने महासागरको बाटो हो। केही दिन अघि अर्थात १३ जुनमा त्यस क्षेत्रमा भएका  विस्फोटहरुले कैयौं क्षति भएको बताईन्छ। साथै तेल ट्याकंरहरु समेत ध्वस्त भएका थिए। विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा सयौं नेपाली ‘बन्धक’, थप २२ जनाको उद्धार (भिडिओसहित)

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रहरी, किन इन्डियान नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते ३५ जनाको उद्धार कार्य सम्पन्न गरेको थियो। किन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए। ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्‍याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा

निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ। शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

तीन प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ। तर, अहिले भने काठमाडौंमा अहिले पानी पर्न रोकिएको छ। मध्यरातको वर्षाले काठमाडौंको विष्णुमती, बागमती र धोबीखोलामा बाढी आए पनि अहिले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गेश थापालाई प्रधानमन्त्रीको बधाई भने, ‘दुश्मन हेरेको हेर्‍यै’

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक तथा मोडल दुर्गेश थापालाई बधाई दिएका छन्। थापाले पाँच महिनाअघि सार्वजनिक गरेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’को लोकप्रियतालाई हेरेर प्रधानमन्त्री ओलीले गायक थापालाई बधाई दिएका हुन्।  सामाजिक सञ्जालमा गायक थापाको गीतको कभर फोटो राखेर उनले नयाँ पुस्ताले बेग्लै स्वादका गीतहरू रुचाउन थालेको पनि बताएका छन्। गीत सार्वजनिक भएको पाँच महिनामै यो गीतले युट्यूवमा १० करोड भ्यूज बटुलिसकेको छ।  ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ’ प्रधानमन्त्री ओलीले  भनेका छन् ‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानी आणविक केन्द्रहरूमा गरिएको आक्रमणको अमेरिकाभित्रै विरोध

अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै विरोध सुरु भएको छ। इजरायल-इरान युद्धमा अमेरिका प्रवेश गरेको छ। आइतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेको अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

जब कान्छारामले दुई उप्रधानमन्त्रीलाई ०८४ को निर्वाचनपछि संसदमै देख्न नपरोस् भने…

सत्तारु‌ढ कांग्रेसकै सांसद पूर्णबहादुर तामाङले संसदको रोस्ट्रमबाटै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भन्दै प्रार्थना गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रीत गरेको भन्दै कान्छारामले चर्को विरोध जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खाली खुट्टा हिँडेर आएका बोहोराले पाँच दिनपछि पाए प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेटवार्ता गरेका छन्। बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिस्थित विद्युतीय ‘शवदाह गृह’ उपकरण खरिदमा भ्रष्टाचार, सदस्य सचिव थापासहित १६ विरुद्ध मुद्दा

पशुपतिस्थित विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्सेको ओरालो यात्रा कायमै

नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ। यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से आज (आइतबार) साताको पहिलो कारोबार दिन पनि ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गरौंः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली कांग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने बल्ल यो जेनेरेशनका मान्छेले कांग्रेसलाई विश्वास गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साढे २२ करोडको पुल निर्माण नसकिँदै भाँचिएपछि…

रामेछापको मन्थली नगरपालिका-६ को कुनउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ। आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याब पुरै खसेको छ। स्ल्याब यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो। त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिरहेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईंमा झरेको स्थानीय पाण्डव प्रसाईंले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

यू-१६ ‘इस्ट कप’- सिंगापुरविरुद्ध नेपालको सानदार जित

एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तीनकुने घटना’ हामीले गराएको होइन, राज्य आतंकका कारण भएको होः धवलशमशेर

राप्रपा सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण त्यस्तो घटना हुन पुगेको आरोप लगाए। उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग भएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तापक्षका सांसदले बोल्ने पालो पाएपछि सदनबाट बाहिरियो रास्वपा…

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गर्दै बाहिरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं