सोमबार, ०४ अगस्ट २०२५

सशस्त्रको असईमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्री छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ। मंगलबार महानगरपालिकाको सातौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरिन्। उनले यस वर्षको बजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘टेक एन्ड पे’ राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो लागेर हटाइयो’- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो, हटाइयो।’ सोमबार सत्ता पक्षका शीर्ष नेताहरूबीचको छलफलबाट ‘टेक एण्ड पे’ हटाउने निर्णय भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक’ बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको दाबीः आलोचना र टिप्पणी जे गरेपनि बजेट सन्तुलित छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी  जसो गरे पनि बजेट सन्तुलित विकास हुने गरी ल्याइएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वस्तिमा खड्काकाे नयाँ ‘लुक्स’

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा प्रचण्ड–माधवबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। मंगलबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन स्टन्डका लागि प्रयाेग गरियाे– उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन्। मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड

कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

हेडमास्टरका बाउछोरा मिलेर करोडौंको बालुवा ‘तस्करी’

स्थानीयका अनुसार अहिलेसम्म लगभग ६ हजारभन्दा धेरै ट्रिप बालुवा निकालिएको छ। विद्यालय व्यवस्थापन समितिका एकजना सदस्यका अनुसार उनीहरूले प्रतिट्रिप प्राप्त हुने रकमध्ये २ हजार १०० रुपैया विद्यालयको कोषमा जम्मा गर्ने बाचा गरेका थिए। तर अहिले सबै पैसा आफ्नै व्यक्तिगत खातामा राखेका छन् र विद्यालयलाई दिएङ्का छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चले माग्याे टिकटकर बस्नेतलाई थुनामा राख्नुको कारण

प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन्। रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर नेपालबाट डिपोर्ट गर्ने निर्णय

अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको छ। अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो। उनीहरूलाई ५(५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन

सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभिन्न स्वास्थ्य संस्थाहरूमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन जरुरी छ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन्।  ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय

श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले बनाएको समिति गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रपोगाण्डा हो– ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसकाविरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ– स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै  स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसा प्रकरण : सरकारले बनाएको छानबिन समिति प्रतिपक्षलाई ‘अमान्य’

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उक्त निर्णयबारे मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका थिए।  संसदको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन्। उनले अहिले पत्रकारिता क्षेत्र धेरै व्यवसायिकता हुनकासाथै अत्यन्तै उन्नत र असल ढंगले अगाडि बढिराखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं