सोमबार, ०४ अगस्ट २०२५

यू-१६ ‘इस्ट कप’- सिंगापुरविरुद्ध नेपालको सानदार जित

एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तीनकुने घटना’ हामीले गराएको होइन, राज्य आतंकका कारण भएको होः धवलशमशेर

राप्रपा सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण त्यस्तो घटना हुन पुगेको आरोप लगाए। उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग भएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तापक्षका सांसदले बोल्ने पालो पाएपछि सदनबाट बाहिरियो रास्वपा…

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गर्दै बाहिरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमरेश कुमारले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि सदनमा लफडा...

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ। सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’

नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन्।  आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मटन–चिकेन खुवाउने सपना देखायाे, आलु र बेसार–पानी खुवायो

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सदनमा आज पनि रास्वपाको नाराबाजी

आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किन घट्दैछ नेपालबाट यार्सागुम्बा निर्यात?

पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८०–८१ को ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सा गुम्बा निर्यात भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच सय बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सयले बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघर्ष र मेहनतले बलिउडमा उदाएका शाहरुख खान......

बलिउडका लोकप्रिय अभिनेताहरूमध्ये एक हुन्, शाहरुख खान। उनले आफ्नो करियरमा धेरै आराेह–अवराेहहरूकाे पनि सामना गरेका छन्। उनले दूरदर्शनमा प्रसारित हुने टिभी सिरियलबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। त्यसपछि उनी हिन्दी फिल्म उद्योगमा भित्रिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदैं

नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानमाथि अमेरिकी आक्रमण, ट्रम्पले के भने?

यो आक्रमणपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन्। त्यो सम्बोधनमा उनले इरानका सबै प्रमुख आणविक केन्द्रहरू पूर्णरुपमा ध्वस्त भइसकेको भन्दै ‘अब शान्तिको बाटोमा आउन’ इरानलाई फेरि चेतावनी दिएका छन्।  ‘अझ पनि इरान त्यसका लागि तयार भएन भने भविष्यमा अझ भयानक आक्रमणको सामना गर्नुपर्नेछ’ ट्रम्पले भनेका छन्।  उनले इजरायाली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई पनि बधाई दिएका छन्। अनि इजरायलको यो भयानक खतरा टाल्नका लागि अमेरिकाले साथै काम गरेको पनि बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथको रथयात्रा समापन

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्गलोक र धर्तीलोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

पहिलो नरोकिएपछि कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर आज पनि खुलाउन सकिएको छैन। कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर-अर्बेनीमा सुक्खा पहिरो निरन्तर खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार सडक तत्काल सञ्चालन हुने अवस्था छैन। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

नेपालका लागि चीन एक भरपर्दो विकास साझेदार होः उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएकी छन्। शनिबार चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तिब्बतसँग नजिक रहेको भन्दै चीन र नेपाल सदियौंदेखिको मित्र भएको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच बुँदे साझा ‘संकल्प पत्र’ जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’

पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ। बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तनसम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

मौका पाएका बेला देशका लागि काम गर्छु, नपाएका बेला ‘पवित्र मन’ले बस्छुः ‌ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशका लागि काम गर्ने गरेको जिकिर गरेका छन्। शनिबार विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले मौका पाएका बेला देश, जनता, सुशासन र विकासका लागि काम गर्ने गरेको र नपाएका बेला पवित्र मनका साथ बस्ने गरेको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ब्रिटिस गोर्खा’ले पनि अन्य सैनिक सरह सेवासुविधा पाउनुपर्छः देउवा

संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ। शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ब्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन्। उनीहरूले सो विषयलाई गम्भीर बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, त्रुटिका बन्डल छन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याएका छन्। शनिबार आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निःशुल्क हुनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं