बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्। तर, पार्टीले तत्कालका लागि उनको राजनीतिक यात्रामा पूर्णविराम लगाइदियो।
पार्टीमा अध्यक्ष केपी ओलीको चेपुवामा परेकाहरू विद्या भण्डारीको आगमनसँगै उत्साहित भए र उको पक्षमा खुलेर लागे। तर पार्टीमा उनको बाटो बन्द भएसँगै विद्याको पक्षमा लागेका नेताहरू धमाधम निशानामा पर्न थालेका छन्।
एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
सामाजिक सञ्जालमा नेताहरूले पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप लगाइएको छ।
केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्ष निकालेको महासंघले बाँकी प्रक्रिया र कारबाहीको जिम्मा अनुशासन आयोगलाई दिइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया