बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्। तर, पार्टीले तत्कालका लागि उनको राजनीतिक यात्रामा पूर्णविराम लगाइदियो।
पार्टीमा अध्यक्ष केपी ओलीको चेपुवामा परेकाहरू विद्या भण्डारीको आगमनसँगै उत्साहित भए र उको पक्षमा खुलेर लागे। तर पार्टीमा उनको बाटो बन्द भएसँगै विद्याको पक्षमा लागेका नेताहरू धमाधम निशानामा पर्न थालेका छन्।
एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
सामाजिक सञ्जालमा नेताहरूले पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप लगाइएको छ।
केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्ष निकालेको महासंघले बाँकी प्रक्रिया र कारबाहीको जिम्मा अनुशासन आयोगलाई दिइएको छ।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया