बिएल संवाददाता
रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्गलोक र धर्तीलोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ।
सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देशवाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ।
उनले भने, ‘श्री रातो मच्छिन्द्रनाथको रथयात्रा समाप्त भइसकेपछि जावलाखेलमा भोटे जात्रा देखाइसकेपछि रथजात्रा विधिवत तवरले सम्पन्न भयो भनेर स्वर्गलोक र धर्तीलोकमा खबर गर्नुपर्छ भन्ने किवंदन्ती छ। सोही बमोजिम यसको जानकारी गराउनका लागि होम गरी एक जोडी भंगेरालाई त्यहाँ छाडिएको हो। जसले स्वर्गलोकको निम्ति खबर गरिएको मानिन्छ। धर्ती लोकका लागि खबर गर्नलाई एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडेका छौं। यसको महत्व भनेको यही हो।’
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया