बिएल संवाददाता
दिपेश पौडेल
सर्लाहीमा सडक बिस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।
झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन भने प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ।
आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार एक जना महिला बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँलेले हटाएका थिए।
सोही दिनदेखि बढ्दै गएको विवाद बिहान भने झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडप नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव घाइते भएका छन्।
सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ। झडपमा ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरू २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र बरहथवा नगरपालिका-१४, का ३५ वर्षीय सञ्जय कुशवाहा घाइते भएको उनले जानकारी दिए।
झडपमा घाइते भएकाको उपचार बरहथवास्थित सरकारी अस्पतालमा भइरहेको छ। झडपको विषयमा सोधपुछ गर्न प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।
अहिले स्थिति नियन्त्रणमा रहेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया