 
                                            
                                        
                                     
                                बिएल संवाददाता
इजरायल र इरानबाट फर्किन चाहने नेपालीलाई ल्याउनका लागि सरकारले विवरण संकलन र अरु तयारी थालेको छ।
यद्यपि कसरी उनीहरूलाई ल्याउने भन्ने विकल्प भने सरकारले तय गरिसकेको छैन। यसअघि परराष्ट्र मन्त्रालयले त्यसका लागि भारतको सहयोग माग्ने भनेको थियो।
भारतले भने इजरायल र इरानमा रहेका एक सय दश जना विद्यार्थीहरू बिहीबार आफ्नै बिमानबाट फर्काइसकेको छ। इराजरायल र इरानमा पढ्न अनि काम गर्न गएका नेपालका भन्दा धेरै भारतीय नागरिक छन्।
नेपाल सरकारको आधिकारिक तथ्याङ्कअनुसार इजरायलमा अहिले साढे पाँच हजारभन्दा धेरै नेपाली छन्। उनीहरू धेरैजसो ‘केयर गिभर’का रुपमा कार्यरत छन्।
उनीहरूमध्ये महिला धेरै छन् र धेरैजसो नर्सिङ तथा स्वास्थ्यकर्मीहरू पनि छन्। त्यस्तै कृषि क्षेत्रमा काम गर्नेहरू पनि छन्। इरानमा भने अहिलेसम्म १७ जना नेपाली रहेको बताइएको छ। उनीहरू धेरैजसो होटल क्षेत्रमा काम गर्छन्। केही भने विभिन्न दूतावासका किचनमा काम गर्दै आएका छन्।
परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दूतावासले फर्किन चाहनेहरूका लागि विवरण संकलन गर्नका लागि सम्पर्कमा आउन भनेका छन्। इरानमा भने दूतावास छैन। त्यहाँको मामिला कतारस्थित नेपाली दूतावासले हेर्छ।
यो बीचमा मध्यपूर्वका देशहरूमा यात्रा गर्दा सावधानी अनपाउन र सकभर अहिलेको स्थितिमा त्यहाँ नजान परराष्ट्र मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ रहेका १० जना नेपालीको निधन भएको थियो। त्यहीबेला हमासले नियन्त्रणमा लिएको भनिएका नेपाली युवा बिपिन जोशीको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन।
हमाससँग लडिरहेको इजरायलले केही दिनअघि इरानमाथि आक्रमण सुरु गरेको थियो। हमाससँग लडाईं जारी राख्दै इरानसँग पनि युद्ध सुरु गरेपछि अहिले यो युद्ध जटिल मोडमा पुगेको छ। इरानसँगको यो लडाईंमा अब अमेरिका पनि जोडिएको छ।
इजरायलले आफ्नो देशमा संकटकाल घोषणा गरेर इरानमाथि आक्रमण सुरु गरेको छ। युद्धपछि विश्वका अरु पनि देशहरूले तत्काल इजरायल र इरान छोड्न आफ्ना नागरिकलाई आह्वान गरेका छन्।
तर इरान र इजरायल दुबैले आफ्नो आकाशमार्ग एकअर्काका लागि बन्द गरिदिएका छन्। दुबैले धेरैजसो सैन्य अड्डा र विमानस्थलहरूलाई निशाना बनाइरहेका कारण अहिले मध्यपूर्वको हवाई मार्ग नै प्रभावित हुन पुगेको छ।
इरान र इजरायले दुबै राष्ट्रले युद्धका बेला प्रयोग गर्नेगरी बङ्करहरू बनाएका छन्। तर अहिले इजरायलका बङ्करहरूमा भीडभाड बढेको र त्यहाँ अरु देशका नागरिकलाई बङ्कर प्रयोग गर्न नदिइएका भिडिओहरू सार्वजनिक भइरहेका छन्।
यद्यपि त्यहाँ रहेका नेपालीहरूमाथि अहिलेसम्म कुनै क्षति नभएको त्यहाँस्थित नेपाली अधिकारीहरूले जनाएका छन्। इजरायलमा भएका नेपालीमध्ये केहीले मात्रै फर्किने इच्छा व्यक्त गरेका छन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया