बिएल संवाददाता
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको शुक्रबार बिदाइ गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरिएकाे हाे।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बिदाइ भएको टीमसँग नेपाली क्रिकेटको भविश्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगतमाझै जित हासिल गर्ने बताए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया