बिएल संवाददाता
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको शुक्रबार बिदाइ गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरिएकाे हाे।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बिदाइ भएको टीमसँग नेपाली क्रिकेटको भविश्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगतमाझै जित हासिल गर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया