बिएल संवाददाता
फिल्म स्टारहरूले कुनै पनि फिल्म गर्न सहमत हुनुभन्दा पहिले आफ्नो प्रत्येक फिल्म धेरै सावधानीपूर्वक छनौट गर्छन्।
लगभग सबै कलाकारहरूले आफ्नो करियरमा धेरै फिल्म अफरहरू अस्वीकार गरेका छन्। कलाकारहरूले छाडेका कुनै फिल्म नराम्राेसँग फ्लप भएकाे छ भने कुनै फिल्महरूले भने राम्राे कमाइ गरेका छन्।
रोहित शेट्टी र अजय देवगनको एउटा ठूलो फिल्मकी अभिनेत्रीसँग पनि यस्तै भएकाे थियाे।
अजय देवगनकाे मुख्य भूमिका रहेकाे फिल्म थियाे, ‘सिंघम’। जुन २०१० मा रिलिज भएकाे थियाे। त्यही फिल्ममा अजयकाे प्रेमिका बनेकी छि्न्, काव्या। जसकाे अभिनय काजल अग्रवालले गरेकी छिन्।
तर उक्त फिल्ममा काजाेल थिइनन् निर्माताकाे पहिलाे चाेइस। फिल्ममा काव्याकाे भूमिका निभाउनका लागि सुरूमा अनुष्का शेट्टी अफर गरिएकाे थियाे।
तर अनुष्का फिल्म खेल्न अस्वीकार गरेपछि काजलले फिल्ममा खेल्ने सहमति जनाइन्।
काजल अग्रवालले २००४ मा फिल्म ‘क्यों! हो गया ना’ बाट फिल्मी दुनियाँमा कदम राखेकी थिइन्।
उनले ऐश्वर्या रायकी बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। २००७ मा उनी तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’ देखिइन्।
तर उनले सबैभन्दा धेरै चर्चा भने सिघंमबाट पाइन्। त्यही फिल्मबाट उनले फिल्मफेयर पुरस्कार पनि जितिन्। यसपछि उनले धेरै हिन्दी फिल्महरूमा काम गरिन्।
अभिनेत्री आफैंले पनि उक्त फिल्म यति सफल हुने आशा गरेकी थिइनन्।
अजय देवगन र रोहित शेट्टीको फिल्म सिंघम ५२ करोडको बजेटमा बनेको थियो।
जसले पछि विश्वभरबाट १५१.२७ करोड कमाएको थियो। अर्थात् १०० करोड नाफा भयो।
यसबाहेक, भारतीय नेट कलेक्शन १०० करोड थियो। यो फिल्मबाट अजय देवगन बाजीराव सिंघम बने।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया