बिएल संवाददाता
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।
स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो।
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो।
नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे। उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए।
यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे। उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए।
उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे।
त्यस्तै टि: २० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाए।
कप्तान रोहित पौडेल ७ बलको सामना गर्दै ५ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा लोकेश बमले १२ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो।
नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए। चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए।
त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए।
यो जितसँगै नेपाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया