
स्वदेश फर्किए ओली
प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पेन भ्रमणमा निस्केका ओली शुक्रबार अपराह्न स्वदेश फिर्ता भएका हुन्। स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए।

बिएल संवाददाता - काठमाडौं