
विरोध सुरु भएकाले सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेनः सहकारीमन्त्री
सहकारीमन्त्री बलराम अधिकारीले सबैको मागअनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेनुसार काम गर्न नसकेको बताएका छन्। शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवता नहुँदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन्।

बिएल संवाददाता - काठमाडौं