
दिलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश भएको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आफैं अदालतमा हाजिर भएका थिए।

बिएल संवाददाता - काठमाडौं