सोमबार, ०४ अगस्ट २०२५

नेपालको कृषि क्षेत्रमा ‘वैदेशिक लगानी’का लागि परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन्। राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औं महासभा अन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरूमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्व. दुर्गाबावु पाठक स्मृती ‘संगीत पुरस्कार’ प्रज्वल पौडेललाई

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ। असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र पहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’ हेरफेर हुनु अपराध हो, सांसदहरूको पनि कमजोरी छः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसदमा आउँदा हेरफेर हुनु अपराध भएको बताएका छन्।  मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले आन्तरिक रोजगार प्रवर्द्धनमा काम गरिरहेको छ: रोजगारमन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन्। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरप्रति विनोदको कटाक्षः मलाई हराउन हृदयशलाई सघाउनेले भोलि पार्टीको नेतृत्व गर्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालाप्रति कटाक्ष गरेका छन्। आफूलाई केन्द्रीय सदस्य हुन योग्यता नपुगेको भन्दै नेता कोइरालाले सोमबार केन्द्रीय समितिमा दिएको अभिव्यक्तिको चौधरीले मंगलबार केन्द्रीय समितिमै प्रतिवाद गरेका हुन्। कांग्रेसको विधानअनुसार कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था भएपनि चौधरीलाई बिना योग्यता केन्द्रीय सदस्य बनाइएकोप्रति कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालको रिट आज हेर्न नभ्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी को महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ।  उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाचारप्रति हुलाकी सडक प्रमुख भण्डारीको ‘ध्यानाकर्षण’

केही समयअघि प्रकाशित समाचारबाट आफ्नो व्यक्तिग, पारिवारिक र सामाजिक रुपमा मानमर्दन भएको उनले जनाएका छन्। समाचारका बारेमा आफ्नो खण्डन बिएल मिडियामा पठाउँदै उनले ‘सम्मानित निकायहरूमा भएका उजुरीका आधारमा आफू छानबिनका लागि तयार भएको’ भन्दै त्यसमा लगाइएका आरोपहरूको खण्डन पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थाई प्रधामन्त्री निलम्बनमा

थाइल्याण्डको एक संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बित गरेको छ। केही समयअघि थाई प्रधानमन्त्री सिनवात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीच भएको टेलिफोन कुराकानी लीक भएपछि उनी विवादमा तानिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेखा थापाले दिइन् गृहमन्त्रीलाई बधाई

गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ, आमाले पालन पोषण गर्नुहुन्छ। तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन। अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई। तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई। महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्यविरुद्धको कसुर हो– ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्यविरुद्धको कसुर भएको भन्दै छानबिनको माग गरेका छन्।  मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वसाधारणमा थप आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामहरि खतिवडाले भन्छन्–  ममाथि पनि छानबिन होस्

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कुलिङ पिरियड’मा कसरी घुस्यो ‘बाहेक’, रामहरि खतिवडालाई राजीनामाकाे दबाव

यो विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश पाएका व्यक्तिले २ वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा सर्वसम्मति भएको थियो। उक्त विधेयक प्रतिनिधिसभाले समेत पारित गरिसकेको छ।  उक्त विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभापतिले अपराध गरे, राजीनामा दिर्नैपर्छ– जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनाम दिनुपर्ने बताएका छन्।  मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिँदै समिति सभापतिले राजीनामा दिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाकाे राजीनामा मागेकाे छ। निजामती विधेयकमा गरिएको ‘छेडखानी’ गरेकाे भन्दै रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाकाे राजीनामा मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'गुण्डा' बने इब्राहिम अली खान

उनकाे अभिनय रहेकाे फिल्म 'सरजमीन' अर्को महिना ओटीटी प्लेटफर्म जियो हटस्टारमा रिलिज हुँदैछ। फिल्मको ट्रेलर सार्वजनिक भएको छ र यसमा इब्राहिम उत्कृष्ट देखिएका छन्। उनको लुक अद्भुत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसा : डिपी अर्यालमाथि छानबिन गर्न उजुरी

सफलले  प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लिका सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध  उजुरी दर्ता गरेका हुन्।  कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले  उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत : केमिकल कारखानामा आगलागी, २७ को मृत्यु, २४ जना वेपत्ता

भारतको तेलङ्गाना राज्यस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। साङ्गारेड्डीको पासमइलरम औद्योगिक क्षेत्रमा रहेको एउटा केमिकल कारखाना आगो लाग्दा त्यसमा जलेर मृत्यु हुनेमध्ये अधिकांश मजूदरहरू छन्।  स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ३५ जना घाइते भएका छन् भने २४ जना वेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ। बाँकी ५७ जनाको जिवितै उद्धार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कुलिङ पिरियड’मा कर्मचारीको जालझेल, विधेयकमा आफूखुसी ‘थपघट’

यो विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश पाएका व्यक्तिले २ वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा सर्वसम्मति भएको थियो। उक्त विधेयक प्रतिनिधिसभाले समेत पारित गरिसकेको छ।  उक्त विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने उल्लेख छ।  तर सचिवालयका कर्मचारीहरूले यसलाई निस्प्रभावी बनाउनका लागि त्यसका उपदफाहरूमा ‘बाहेक’ शब्द घुसाएका छन्। कर्मचारीहरूले अर्को दफा थपेर ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ भन्ने लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको मौसमः कोशी, वागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ