बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका दोलखाका एक नेता केन्द्रीय अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रममै धरधरी रोएका छन्।
नेकपा माओवादी केन्द्र दोलखाले बोत्लेमा ०५९ साउन १८ गते तत्कालीन शाही सेनाले हत्या गरेका १५ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा स्मृति दिवस आयोजना गरिएको थियो।
बोत्ले स्मृति दिवसमा दोलखाका नेता शंकर लामाले नेताका परिवार मारिँदा स्मृति दिवस मनाउने तर सर्वसाधारणका परिवार मारिँदा वास्ता नगर्ने गरिएको प्रति असन्तुष्टि पोखे। बोल्ने घटनामा लामाले आफ्नी पत्नी गुमाएका थिए।
प्रचण्डकै अघि लामाले रुँदै भने, ‘शहीद पनि वर्गीय हुन लाग्यो। हुनेखाने, टाठोबाठो, अलि नेताहरूको परिवार यताउता भयो भने मनाइरहने। तर साधारण शहीद भएको वास्ता छैन।’
लामाले थपे, ‘देशैभरका शहीदहरूको यस्तो डकुमेन्ट बनोस् अनि शहीद परिवारको पनि अलिकति मन शान्त हुन्छ कि, घाइतेहरूको पनि अलिकति मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिकति सुदृढ हुन्छ कि?’
उनले माओवादी नेताहरू पदको लोभी बनेको भन्दै गुनासो गरे। उनले पार्टी केन्द्रीय कमिटी पनि अस्वाभाविक भद्दा रहेको भन्दै गुनासो गरे।
उनले भने, ‘पदलोलुप हुनु हुँदैन भनेर तपाईंहरूले प्रशिक्षण दिनुभाथ्यो। तर पदलोलुप हामी होइन, तपाईंहरू हुनु भएको छ।’
लामाले थपे, ‘तपाईंहरूको भाइटल पोस्टमा कति जना छ? सात जना नै चाहिने हो सचिव? सातजनै चाहिने हो उपमहासचिव? सातजना नै चाहिने हो उपाध्यक्ष? हिजो महामन्त्री हुँदामात्रै पनि त चल्याथ्यो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया