सोमबार, ०४ अगस्ट २०२५

उठ्ने बित्तिकै मनतातो पानी पिउँदा शरीरलाई हुन्छ फाइदा!

मधुमेह आजको सबैभन्दा छिटो फैलिने रोगहरूमध्ये एक हो। हरेक दिन हजारौं मानिसहरू यसको सिकार भइरहेका छन् र कहिलेकाहीँ कुनै लक्षणबिना पनि रगतमा चिनीको मात्रा उच्च रहन्छ।  विशेष गरी टाइप २ मधुमेहमा, जीवनशैली र दैनिक दिनचर्याले ठूलो भूमिका खेल्छ।  डाक्टर र स्वास्थ्य विज्ञहरूका अनुसार बिहान गर्ने बानीहरूले पनि चिनीको स्तर बढाउने सबैभन्दा ठूलो कारण बन्न सक्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेस केन्द्रीय समिति बैठकमा शेखरका तीखा प्रश्नहरू

बैठकको पहिलो दिन काँग्रेस नेता तथा सभापतिका आकांक्षी नेता शेखर कोइराला हाबी देखिए। उनले सत्ता साझेदारीका लागि नेपाली काँग्रेसले अपनाएको नीति र अहिलेको कार्यशैलीबारे प्रश्न पनि उठाएका छन्। सत्ता साझेदारीका लागि आफ्नो पनि सहमति भएको भन्दै उनले तर नेतृत्व किन एमालेलाई दिएको भनेर सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन्।  ‘मैले पनि नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन हुनुपर्छ भनेर भनेकै हुँ। तर सत्ताको नेतृत्व किन एमालेलाई दिइयो’ नेता कोइरालाले देउवालाई सोधे ‘अनि गठबन्धन गर्दा सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो? यसको जवाफ सभापतिज्यूले दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागार्जुनका मेयरलाई ८ वर्ष कैद, २८ करोडको सम्पत्ति जफत गर्न आदेश

त्यो बेला बजार मूल्य सत्चालिस करोड पचहत्तर लाख भएको जग्गाहरु पद्मा कोलोनी प्रा.ली ले जग्गाधनीहरुलाई अक्षरेपी अठार करोड चौरानब्बे लाख अठार हजार चार सय अठ्चालिस रुपैयाँ भूक्तानी दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी अक्षरेपी तेईस करोड बाईस लाख सत्ताईस हजार भुक्तानी गरी उल्लिखित जग्गाहरु बजार मूल्य भन्दा करिव चौबीस करोड बाउन्न लाख त्रीहत्तर हजारभन्दा कम मूल्यमा राजुप्रसाद कँडेल उनको पद्मा कोलोनी प्रालिलाई बेचेको आरोप उनीमाथि थियो।  अख्तियारले गत वर्षको पुसमा यो मुद्दा विशेष अदालतमा दायर गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित मेयर बस्नेत स्वत: निलम्बनमा थिए।  अदालतले घुस दिने राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गर्दै ८ बर्ष कैद सजाय गर्ने फैसला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पत्रकार दिलभूषणविरुद्ध साइबर अपराधकाे मुद्दा

यसअघि प्रहरीले अदालतबाट पक्राउपूर्जी लिएर उनीमाथि अनुसन्धान गर्ने प्रयास गरेकाे थियाे। तर पाठक उच्च अदालत पुगे। उच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्नू भन्ने आदेश दिएकाे थियाे।  त्यसपछि फेरि साइबर ब्यूराेले पत्र काटेर उनलाई हाजिर हुन भनेकाे थियाे।  अहिले भने प्रहरीले पक्राउ नगरेरै उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षा विधेयक पासगर्ने दबाबमा शिक्षामन्त्री, कांग्रेस कार्यालयमै पुगेर छलफल

शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन्।  सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन्।  शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गालीगलौज गर्नेविरुद्ध एलिनाले साइबर ब्यूरोमा दिइन् जाहेरी

गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज गर्नेविरुद्ध जाहेरी दिएकी छन्।  साेमबार नेपाल प्रहरीको साइबर ब्यूराे पुगेर उनले जाहेरी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदै

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।  राप्रपा सांसद दीपक बोहोराको मृत्युपछि रिक्त पदमा प्रतिनिधिसभा सदस्यको उपचुनाव हुने भएकाे हाे। निर्वाचन आयोगले उपचुनाव स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सफल पार्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ। साथै उक्त क्षेत्रलाई केन्द्रीत मतदाता नामावाली संकलन पनि स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

६ घण्टाका लागि शिक्षा समितिको बैठक स्थगित

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ। आज बिहान ८ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।  अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो। प्रतिस्पर्धालाई ६०–४० गर्ने कि ७५–२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सगरमाथाको शिखरमा दाफुटी शेर्पाको ‘क्याफे’

एकदिन नेपाली कफीहरुको लागि ‘म एभरेष्ट चढ्दैछु सहयोग गर्नुस्’ भनेर फेसबुक लाइभ बसेर सहयोग मागिन्। त्यहाँबाट ६० प्रतिशत रकम संकलन भयो। बाँकी रकम उनले भर्खरै सुरु गरेको कफी सप धितोमा राखेर जुटाउने सोच बनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाेविन्दलाई रूचाउँदैन छाेरा यशवर्धनले !

लाखौं मानिसहरूले उनलाई आफ्नो मनपर्ने सुपरस्टार भनेका छन्, तर उनका छोरा यशवर्धन आहुजाले गाेविन्दलाई भन्दा पनि बलिउडका अर्के अभिनेतालाई रूचाउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली युवालाई उपराष्ट्रपतिकाे आग्रह– श्रम समाधानको हिस्सा बन्नूस्

उपराष्ट्रपति रामसहायप्रसाद यादवले  नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के अमेरिकाको आक्रमणबाट ‘केही’ भएन? ‘इरानले अझै बनाउनसक्छ परमाणु बम’

संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले अमेरिकी सरकारले दाबी गरेजसरी इरानका परमाणु परियोजनाहरू ध्वस्त नभएको बताए। उनका अनुसार इरानले केही महिनाभित्रै फेरि ती परमाणु परियोजनाहरूलाई पुर्नजीवित गर्ने क्षमता अझै गुमाइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुगुमा लगातार भूकम्प

मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद बिथोलिएको बेला आज ‘संसद दिवस’

सभामुख घिमिरेका अनुसार संसद नीति निर्माण, कानून निर्माण र कार्यान्वयनमा प्रभावकारी निगरानी गर्ने प्रमुख संस्था हो। जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तलाई संविधानले संस्थागत गरेको र करसम्बन्धी प्रस्तावहरू संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको पनि उनले सन्देशमा उल्लेख गराएका छन् । ‘लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म संवाद, सहकार्य र सहमति हो,’ सन्देशमा भनिएको छ, ‘संसद वादविवादको नभई संवादको थलो बन्नुपर्छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेसँग सत्ता साझेदारीका वर्ष दिन : काँग्रेसको केन्द्रीय समिति बैठकमा समीक्षा हुँदै

करिब नौ महिनापछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सामान्यतया विधानअनुसार हरेक दुई-दुई महिनामा बस्नुपर्ने यो बैठक यसपालि नौ महिनापछि बस्न लागेको हो। नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि यो दोस्रो पूर्ण केन्द्रीय समिति बैठक हो।  बैठकअघि आइतबार सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाकी सुमनाले गरिन् एमालेकी सांसदको तारिफ

उनले थपेकी छन्, ‘वहाँको यो बुलन्द आवाजका लागि, म आफू महिला भएको नाताले पनि सबै महिला दिदीबहिनीको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ सुमनाले समितिमा एक जना सांसद बाहेक सबैले एकमतका साथ- ‘प्रारम्भिक बालविकास पढाउने सबैलाई शिक्षक नै भनिनु पर्छ र वहाँहरूको वृत्ति विकासको पनि अवसर सिर्जना गर्नुपर्छ’ भन्ने आवाज राखेको पनि बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला फुटबलमा कप्तान साम्बाको जादु, लाओसको पोस्टमा नेपालको ९ गोल

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोहन बस्नेतलाई २५ लाख धरौटी

विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। आइतबार न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा थुनछेक बहसपछि बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं