बिएल संवाददाता
करिब नौ महिनापछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सामान्यतया विधानअनुसार हरेक दुई-दुई महिनामा बस्नुपर्ने यो बैठक यसपालि नौ महिनापछि बस्न लागेको हो। नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि यो दोस्रो पूर्ण केन्द्रीय समिति बैठक हो।
बैठकअघि आइतबार सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ।
पार्टी कार्यालय सानेपामा बैठक आज दिउँसो एक बजेदेखि सुरु हुनेछ।
त्यसअघि पदाधिकारीहरूले विभिन्न छ अजेण्डा तय गरेका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको सय दिने अभियानबारे प्रतिवेदन प्रस्तुत हुनेछ। यो अभियानमा काँग्रेसले विभिन्न जिल्लाहरूमा आफ्ना केन्द्रीय नेताहरुलाई पठाएको थियो।
त्यस्तै भ्रातृसंस्थाहरूको बारेमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। म्याद सकिएका भ्रातृ संगठनहरूलाई अन्तिम पटक म्याद थप गर्ने र त्यसपछि पनि अधिवेशन हुन नसके स्वत: भंग हुनेछन्।
त्यस्तै क्रियाशील सदस्य र नवीकरणका बारेमा पनि बैठकमा छलफल हुनेछ। असार मसान्तसम्ममा क्रियाशील सदस्या टुङ्ग्याउनेगरी यसअघि नै सदस्यता व्यवस्था समितिलाई केन्द्रीय समितिले कार्यभार दिएको थियो। त्यस्तै जनसम्पर्क समितिहरूका बारेमा पनि छलफल हुनेछ। ती समितिमा रहेकाहरूलाई पनि सक्रिय सदस्यता दिनेगरी काँग्रेसले विधान संशोधन गर्ने तयारी गरेको छ।
त्यस्तै पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका बारे र समसायिमक राजनीतिक अवस्थाका बारेमा पनि काँग्रेसले रणनीति अनि धारणाहरू तय गर्नेछ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया