बिएल संवाददाता
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ।
नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।
नेपाल छनोटमा समूह ‘एफ’ मा छ। उक्त समूहमा आयोजक उज्वेकिस्तान, श्रीलंका र लाओस छन्।
नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ।
समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया