सोमबार, ०४ अगस्ट २०२५

पर्यटकहरूको रोजाइमा फर्पिङको झण्डा र त्रिशूल (फोटो फिचर)

दक्षिणकाली नगरपालिका-४ फर्पिङ बाँसबारीमा नेपालको झण्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। बाँसबारीको डाडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो। पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरूको आकर्षण बढ्दो छ। झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ। जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ।  उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा रोकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यी स्थानमा मेघगर्जनसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय समितिमा चन्द्र भण्डारीको व्यंग्यः शेरबहादुरजीले हँसिया धेरै बनाउनुभयो, घाँस काटेन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको भन्दै व्यंग्य गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिएपनि उनीहरूबाट काम नभएको भन्ने प्रतीकात्मक रुपमा व्यंग्य गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यालाई भेट्न किन पुगे बालेन?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भर्खरै एमालेबाट सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनकै निवास पुगेका छन्। मेयर शाह गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास पुगेको खुलेको हो। भेटवार्ता बारे दुवै पक्षले हालसम्म विस्तृत जानकारी खुलाएको छैन। बालेनको सचिवालय स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच दिनभित्र ‘शिक्षा विधेयक’मा सहमति जुटाउन मन्त्रालयलाई निर्देशन

उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो। आएर सिधैं पेपर पठाउनु भएन। सचिवालयले त्यसलाई एग्रि गर्नुपर्यो। अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु। त्यसकारण मैले पाँच दिनको समय छुट्याएको हुँ। सरकारलाई पाँच दिनसम्मको समय भयो। समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाएर अनुरोध गर्दै सरकारलाई बैठक अबको ६ दिनपछि बस्ने गरि पाँच दिनको समय दिएका छौं। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा समितिमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन, जुरुक्कै उठेर हिँडे घिमिरे

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ। बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेपछि भनाभन भएको हो। बैठकमै शर्माले सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपन्नहरूलाई ऋणको पहुँचमा ल्याउनुपर्नेमा गर्भनरको जोड

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्ति ऋणको पहुँचमा आउन नसकेको बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशका धेरै समुदायहरूको ऋणमा पहुँच नभएको र ऋणमा पनि  सबैजनाको हक लाग्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाइलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाइलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। हाइलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र 'जीआई राइस' बजारमा ल्याएको छ। नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाइलाइफ फूड्सले नयाँ प्रोडक्टका रुपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो।  ‘जीआई राइस' डायबेटिजका बिरामीको लागि उपयुक्त हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौंः नगरप्रमुख महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ कोे पूँजीगत खर्च भन्दा ०८१/८२ मा पुँजीगत खर्च कम भएको बताएका छन्। उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने बताए।  ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी  दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आलमले सफाइ पाएपछि बमकाण्डका घाइतेले यसरी सुनाए वास्तविकता

०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार।  नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए। उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो। त्यसै क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुणिमा शैक्षिक प्रतिष्ठानबाट ‘एसईई’ उत्तीर्णहरूको सम्मान

विद्यार्थीहरूलाई भविष्यमा उचित विषय छनौट गरी अध्ययन गर्न परामर्श दिँदै पुडासैनीले शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव भएको धारणा राखे। प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्र्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए। समारोहका सभाध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाए। अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्न उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो रहन सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान अब राजनीतिमा ! बहराइनबाट सुरु गरे ‘उज्यालो अभियान’

बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन्। नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो। बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापोलगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी छ: सभामुख

सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउने गरी काम गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनीकरणको लागि छलफल आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोजपुर हत्याकाण्डमा ज्वाइँको बयानः राति सुतेका बेला सासुले आक्रमण गरेपछि सबैको हत्या गरें…

भोजपुरमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त राजेन्द्र राईले राति सुतेका बेला सासुल‍े आक्रमणको प्रयास गरेपछि प्रतिकारमा सबैको हत्या गरेको बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ससुरालीमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरीले आक्रमण गरेपछि प्रतिकारमा त्यही छुरी खोसेर सबैमाथि आक्रमण गरेको बयान दिएका छन्। गएराति भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई)ले रामप्रसाद गाउँपालिका-२ धोद्लेखानीस्थित ससुरालीमा सासु-ससुरा, सालो र श्रीमतीको हत्या गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।  भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

आजको मौसम: यी प्रदेशमा धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा मोठमा सारिंदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कलाकार बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने: माओवादीको विजय यात्रा सुरु भयो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरूलाई पार्टीमा भित्र्याएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं