आइतबार, ०३ अगस्ट २०२५

धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड

सुनकोशी-मरिन डाइभर्सन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। जुन जलस्रोतको उपयोगमार्फत सिन्धुली, धनुषा, महोत्तरी लगायत मधेसका कृषियोग्य जमिनहरूमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

एनपीएल नरोक्न प्रधानमन्त्रीको निर्देशन, खेलकुदमा राजनीति नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

भाग खोसिने डरले रविमाथि प्रहार गरेः पूर्व न्यायाधीश केसी

बिहीबार दिउँसो रास्वपाको केन्द्रीय कार्यालाय घण्टीघर पुगेका उनले रविको पक्षमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रास्वपा वैकल्पिक पार्टी भएकोले भाग खोसिने डरले रविमाथि प्रहार भएको प्रतिक्रिया दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरागाईंलाई छुट्टीमा राखेर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं महानगरपालिका मेयर बालेन साहले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्। बालेनको सचिवालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाएर बालेनले कार्यपालिका बैठक बोलाएका हुन्। बैठक भोलि शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको पक्षमा मनिषाको हस्ताक्षरः ‘रविमाथि राज्यको दुर्व्यवहार सबैले बुझेका छन्’

अभिनेत्री मनिषा कोइरालाले कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्। सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुशासन समितिको कारबाही नमान्ने शेखर समूहको निर्णय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम् कार्यकर्ताहरूमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ। डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई एकतर्फी रुपमा विधान विपरित कारबाही गर्न नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको पक्षमा मनिषाको ऐक्यवद्धता, हस्ताक्षर गर्न घण्टीघर जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यस विरुद्ध जारी हस्ताक्षर अभियानमा विभिन्न पेसाका व्यक्तिहरू जोडिने क्रम जारी छ। अभिनेत्री मनीषा कोइरालाले पनि रवि लामिछानेको पक्षमा ऐक्यवद्धता जनाउने भएकी छन्। उनी लामिछानेको पक्षमा हस्ताक्षर गर्न रास्वापको केन्द्रीय पार्टी कार्यालय जाँदैछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संवैधानिक इजलासबाटै संविधान संशोधन

यसअघि यो स्तम्भका दुई अंकका शीर्षक थिए, ‘ट्रायल–बलुन’मा ५२ भाइको नियुक्ति र ‘लगामबिनाका घोडा हुँदैछन् श्रीमानहरू’। यस अंकको शीर्षक जुरेको छ, संवैधानिक इजलासबाटै संविधान संशोधन। सुन्दा/पढ्दा अचम्म लाग्ला तर यो सत्य हो कि यो संवैधानिक इजलाशले नेपालको संविधानकै दुई महत्वपूर्ण प्रावधान संशोधन गरिदिएको छ। यसबाट  ‘संविधानको रक्षण हैन, भक्षण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

‘कुलिङ पिरियड’ छेडखानीः कार्यविधिलाई अन्तिम रुप दिने छानबिन समितिको निर्णय

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा भएको छेडखानीको विषयमा छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ। बुधबार संघीय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्य प्रशिक्षकसँगको विवादबारे के भन्यो एन्फाले?

उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन्। बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरूले कप्तानको नाम पठाउनु परेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानीमन्त्री कै गृहजिल्लामा पानी अभाव

पर्साको विरगञ्ज महानगरपालिकाको विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि वारुण यन्त्र ( दमकल)बाट वितरण गरिएको छ। लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो। विरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरण कार्य गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

कांग्रेसमा विनोद चौधरीको ‘पावर शो’- शेखर पक्षका महामन्त्री निष्कासित

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासित गरेको छ। केन्द्रीय अनुशासन समितिले खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। समिति संयोजक आनन्द ढुंगानाले बुधबार महामन्त्री खनाललाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर बसेको हो कि होइन?

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर भिसाको दुरुपयोग गर्दै उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन? भन्दै प्रश्न गर्दै यसको वास्तविकता खुलाउन रास्वपासँग आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद संसदमा सोविताको प्रष्टीकरणः ‘मैले प्रधानमन्त्रीसँग गएकाहरू फर्किएनन् भनेकै छैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण टोलीमा रहेका केही मानिस कार्यक्रममा सहभागी भएर पनि नेपाल नफर्किएको बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चक्कु प्रहार गरी ससुराको हत्या, बेचन महासेठ पक्राउ

गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेवप्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँइ ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर