
रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार
रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्। यसबाहेक नदीको बीचमा फसेका ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

बिएल संवाददाता - काठमाडाैं