बिएल संवाददाता
उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरूले कप्तानको नाम पठाउनु परेको बताइन्।
उनले भनिन्, ‘एन्फाले नै बिदाई कार्यक्रममा नै क्याप्टेन राखेरै जाउँ भन्ने कुरा गरेका थियौं, हाम्रो हेडकोचलाई, तर उहाँले उतै गएर गरौंला भन्नु भयो। हामीले पनि हुन्छ नै भन्यौं। हाम्रो नियममा नै छ, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ। हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो, ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो। जसमा कप्तानको नाम थिएन। त्यसपछि हामीले सिनियारिटी हेरेर रेनुका नगरकोटीलाई कप्तान बनाएका थियौँ।’
उनले कप्तानको नाम रेनुका लेखेर बुझाएपछि मात्र हेडकोचले साम्बालाई कप्तान बनाउने कुरा खुलाएको भन्दै त्यसपछि समस्या भएको पनि बताइन्।
उनले भनिन्, ‘खेलाडीहरू ग्राउन्डमा जाने बेला मात्र ‘कप्तान साम्बा हो’ भनेर भन्नुभयो त्यो कुरा पहिलानै भनेको भए हामीलाई समस्या नै हुँदैन थियो त। हामीले खेलाडीको लिस्ट कप्तानको नाम रेनुका लेखेका छौं अब परिवर्तन गर्दा जरिवाना पर्ने हो की भनेर भनेका थियौं त्यसपछि उहाँ आफै चर्किनु भयो।’
छनोटअन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो। पहिलो खेलमा नेपाली महिला फुटबल टिमको कप्तानको जिम्मेवारी सुरुमा रेनुका नगरकोटीलाई दिएको थियो भने त्यसपछि केही समयमा नै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया