बिएल संवाददाता
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासित गरेको छ।
केन्द्रीय अनुशासन समितिले खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। समिति संयोजक आनन्द ढुंगानाले बुधबार महामन्त्री खनाललाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका छन्।
गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विनोध चौधरीलाई असहयोग गरेको कारण देखाउँदै उनलाई कारबाही गरिएको हो। सांसद चौधरीले खनालले आफूलाई असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए।
‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ कारण देखाउने समितिले कारबाही गरेको उल्लेख छ।
खनाल डा. शेखर कोइराला निकट मानिन्छन्। कांग्रेस केन्द्रीय समिति बैठकमै कोइराला र चौधरीबीच खनालको विषयलाई लिएर आरोप-प्रत्यारोप चलेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया