बिएल संवाददाता
काठमाडौं महानगरपालिका मेयर बालेन साहले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्।
बालेनको सचिवालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाएर बालेनले कार्यपालिका बैठक बोलाएका हुन्। बैठक भोलि शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ।
बालेनले गुरागाईंसँग बैठक नबस्ने अडान नछोडेपछि कार्यपालिका सदस्यहरूले पनि उनलाई छुट्टीमा बस्ने दवाब दिएको बुझिएको छ। गुरागाईंले पनि आग्रह स्वीकार गर्दै बिदामा बस्न तयार भएको बुझिएको छ।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ। नयाँ आर्थिक वर्षको बजेट नै आउन नसकेपछि कार्यकारी अधिकृतलाई नै बिदामा राखेर भएपनि कार्यपालिका बैठक बोलाउन लागिएको हो।
काठमाडौं टावरको नक्सा पास गरेको विषयलाई लिएर विवाद सुरू भएपछि बालेनले गुरागाईंसँग बैठक नबस्ने अडान लिएका थिए। त्यसयता गत पुस महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। ऐनमा भने महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ।
यसअघि एमालेबाट उपमेयर बनेकी सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बाइपास गरेर बैठक बस्न नसक्ने बताउँदै आएकी थिइन्। तर, बालेनले पछि हट्ने संकेत नगरेपछि अन्तमा गुरागाईंलाई बिदामै राखेर भएपनि बैठक डाक्न उनी तयार भएकी हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया