बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर भिसाको दुरुपयोग गर्दै उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन? भन्दै प्रश्न गर्दै यसको वास्तविकता खुलाउन रास्वपासँग आग्रह गरे।
‘रवि लामिछानेजी यो सदनको सदस्य। कुनै समयमा अमेरिकामा भिजिटरको रूपमा जानु भएको थियो। भिजिटर भनेको भिजिट भिसा नै हो। उहाँ भिजिट भिसा या भिजिटरको रूपमा जानु भएको होइन भने के भिसामा जानु भएको हो जानकारी गराइदिनु होला’ लेखकले संसद्मा भने, ‘भिजिट भिसामा गएकोले त्यसै देशको नागरिकता लिएर बस्न पाइछ कि पाइँदैन? त्यो दुरुपयोग हो कि होइन?’
उनले थपे, ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन?’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया