बिएल संवाददाता
मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने ठाउँमा सडकको नाला निर्माणमा काम गर्ने महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।
खात्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाहीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल गएका छन्।
खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन्।
गिट्टी कुटीरहेकै बेला बिहान १०ः५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भिष्मराज कन्ट्रक्सनका प्रोपाइटर लोकराज दाहालले जानकारी दिए।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया