बिएल संवाददाता
मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने ठाउँमा सडकको नाला निर्माणमा काम गर्ने महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।
खात्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाहीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल गएका छन्।
खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन्।
गिट्टी कुटीरहेकै बेला बिहान १०ः५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भिष्मराज कन्ट्रक्सनका प्रोपाइटर लोकराज दाहालले जानकारी दिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया