
प्रेस चौतारीमा ओलीको ‘भिटो’, राई पक्षले समानान्तर समिति बनाउने
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशबाट निर्वाचन नै नगरी कार्यसमिति घोषणाको तयारी भएपछि अध्यक्षका प्रत्यासी वर्तमान उपाध्यक्ष राजेश राई समूहले समानान्तर समिति बनाउने तयारी गरेको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार उद्घाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चुन्दै छ। तर, निर्वाचन नै नगरी बालुवाटारको चिटबाट पदाधिकारी चयन गर्ने तयारी भइरहेको राई समूहले आरोप लगाएको छ। जारी महाधिवेशनको उद्घाटन र बन्द सत्र आइतबार नै सकिएका छन्। महाधिवेशन कार्यतालिका अनुसार सोमबार निर्वाचनको दिन भएपनि अझैसम्म निर्वाचन प्रक्रिया सुरु हुन नसकेको राई समूहका एक पत्रकारले बताए। उनका अनुसार निर्वाचन समिति नै नबनाइ कार्यसमिति घोषणा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

बिएल संवाददाता - विराटनगर